नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| एउटा गीत— कोरहवंशीको भजन [1] परमप्रभु महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ, हाम्रा परमेश्वरको नगरमा, उहाँको पवित्र पर्वतमा। |
| 2 |
| उहाँको पवित्र पर्वत आफ्नो उचाइमा मनोहर छ, सारा पृथ्वीको लागि त्यो हर्ष बनेको छ। सापोनको परम उचाइझैँ सियोन पर्वत छ, महान् राजाको नगर। |
| 3 |
| परमेश्वर त्यसका किल्लाहरूमा हुनुहुन्छ, अनि उहाँ त्यसको सुरक्षा हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ। |
| 4 |
| जब राजाहरू भेला भए र दल बाँधी सँगै अगि बढ़े, |
| 5 |
| तब तिनीहरूले त्यसलाई देखे र चकित भए, तिनीहरू आतङ्कित भए अनि भागे। |
| 6 |
| त्यहीँ नै तिनीहरू थरथरी काँप्न लागे, प्रसवपीडामा परेकी स्त्रीजस्तै तिनीहरू भए। |
| 7 |
| तपाईंले तिनीहरूलाई तर्शीशका जहाजहरूलाई झैँ पूर्वी बतासले नष्ट गर्नुहुन्छ। |
| 8 |
| सर्वशक्तिमान् परमप्रभुको नगरमा, हाम्रा परमेश्वरको सहरमा, हामीले जस्तो सुनेका छौं, त्यस्तै देखेका छौं, परमेश्वरले त्यसलाई सदाको निम्ति सुरक्षित राख्नुहुन्छ। सेला |
| 9 |
| हे परमेश्वर, तपाईंको मन्दिरभित्र, हामी तपाईंको अचूक कृपामाथि ध्यान गर्छौं। |
| 10 |
| हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ, त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईंको प्रशंसा पुग्दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ। |
| 11 |
| सियोन पर्वत हर्षित हुन्छ, यहूदाका गाउँहरू तपाईंका न्यायको कारण रमाउँदछन्। |
| 12 |
| सियोनको चारैतिर हिँड़, र त्यसको परिक्रमा गर, त्यहाँका धरहराहरू गन, |
| 13 |
| त्यसका पर्खालहरूलाई ध्यानसाथ हेर, त्यसका किल्लाहरू राम्ररी हेर, र तिमीले पछि आउने पुस्तालाई बताउन सक। |
| 14 |
| किनकि यी नै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ, उहाँ नै अनन्तकालसम्म हाम्रा अगुवा हुनुहुनेछ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/048.mp3
150
48