नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| सङ्गीत-निर्देशकको निम्ति तार-वाद्यमा दाऊदको मस्किल [1] हे परमेश्वर, तपाईंको नाउँले मलाई बचाउनुहोस्, र तपाईंको पराक्रमले मलाई निर्दोष साबित गरिदिनुहोस्। |
| 2 |
| हे परमेश्वर, मेरो प्रार्थना सुनिदिनुहोस्, मेरो मुखका शब्दहरूमा ध्यान दिनुहोस्। |
| 3 |
| विदेशीहरूले मलाई आक्रमण गर्छन्, निर्दयीहरू मलाई मार्न खोज्दछन्, त्यस्ता मानिसहरू जसले परमेश्वरको श्रद्धा गर्दैनन्। सेला |
| 4 |
| निश्चय नै परमेश्वर मेरा सहायक हुनुहुन्छ, परमप्रभु, जसले मलाई थाम्नुहुन्छ। |
| 5 |
| ज-जसले मेरो बदनाम गर्छन्, तिनीहरूमाथि खराबी परोस्, तपाईंको विश्वसनीयताले तिनीहरूलाई सर्वनाश गर्नुहोस्। |
| 6 |
| म तपाईंलाई स्वेच्छाको बलि चढ़ाउनेछु, हे परमप्रभु, म तपाईंका नाउँको प्रशंसा गर्नेछु, किनकि त्यो असल छ। |
| 7 |
| किनकि उहाँले मलाई सबै कष्टहरूबाट छुटाउनुभएको छ। मैले मेरा शत्रुहरूलाई विजयको दृष्टिले हेरेको छु। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/054.mp3
150
54