सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे परमप्रभु, मसँग नरिसाउनुहोस्, मलाई नहकार्नुहोस्! आफ्नो रिसमा मलाई दण्ड नदिनुहोस्! |
| 2 |
| म गलिसकेको छु, हे परमप्रभु, ममाथि दया गर्नुहोस्! मलाई शक्ति दिनुहोस्, म पूरा थाकिसकेको छु, |
| 3 |
| मेरो प्राण ठूलो कष्टमा छ। हे परमप्रभु! कहिलेसम्म मेरो सहायता गर्न तपाईंले ढिलो गर्नुहुनेछ? |
| 4 |
| परमप्रभु! आउनुहोस् र मलाई बचाउनुहोस्। आफ्नो करुणाले मलाई मृत्युबाट बचाउनुहोस्। |
| 5 |
| मृत्यु-लोकमा कसैले तपाईंलाई स्मरण गर्दैन त्यहाँ कसैले तपाईंको प्रशंसा गर्न सक्दैन। |
| 6 |
| म अफसोसले गलिसकें, प्रत्येक रात मेरो ओछ्यान मेरो आँसुले भिज्दछ, आँसुले मेरो सिरानी भिजेको छ। |
| 7 |
| म आँखा देख्न सक्दिनँ, मेरा शत्रुहरूले गर्दा रुनुपरेकोले मेरो आँखा सुन्निएका छन्। |
| 8 |
| हे दुष्ट मानिसहरू हो! मदेखि टाढा होओ! म रोएको परमप्रभुले सुन्नुहुन्छ। |
| 9 |
| मैले सहायताको लागि पुकारेको उहाँले सुन्नुहुन्छ, उहाँले मेरो बिन्तीको उत्तर दिनुहुन्छ। |
| 10 |
| मेरा शत्रुहरू हारेर लाजमा परेको थाहा पाउनेछन्, अचानक अन्योलमा परेर तिनीहरू भाग्नेछन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/006.mp3
150
6