सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमेश्वरले उठ्नुभएर आफ्ना शत्रुहरूलाई छरपष्ट पार्नुहुन्छ, उहाँलाई घृणा गर्नेहरू हारेर भाग्छन्। |
| 2 |
| उहाँले तिनीहरूलाई हावाले धुवाँ उडाएझैँ उडाउनुहुन्छ, आगोको अघि मैन बिलाएझैँ दुष्टहरू परमेश्वरको सामु नष्ट हुन्छन्। |
| 3 |
| तर धर्मीहरू उहाँको अघि आनन्द गरेर रमाउनेछन्, तिनीहरू प्रसन्न हुन्छन् र आनन्दले स्वर उचाल्छन्। |
| 4 |
| परमेश्वरको स्तुति गर, उहाँको नाममा प्रशंसा गाओ, बादलमा सवारी भई आउनुहुनेको निम्ति एउटा बाटो तयार गर। उहाँको नाम परमप्रभु हो, उहाँको उपस्थितिमा आनन्दित होओ। |
| 5 |
| परमेश्वरले आफ्नो पवित्र मन्दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्ता गर्नुहुन्छ र विधवाहरूको रक्षा गर्नुहुन्छ। |
| 6 |
| उहाँले एक्लो मानिसलाई बस्ने घर दिनुहुन्छ र कैदीहरूलाई छुटकारा दिएर आनन्द दिनुहुन्छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ। |
| 7 |
| हे परमेश्वर! जब तपाईंले आफ्ना प्रजालाई डोर्याउनुभयो, जब तपाईंले मरुभूमि पार गर्नुभयो, |
| 8 |
| तब पृथ्वीमा भूइँचालो गयो र आकाशबाट बृष्टि भयो किनभने सीनैका परमेश्वर, इस्राएलका परमेश्वर आउनुभएको थियो। |
| 9 |
| तपाईंले प्रशस्त बृष्टि दिनुभएर रूखो जमिन मलिलो पार्नुभयो। |
| 10 |
| तपाईंका प्रजाले त्यहाँ आफ्ना घर बनाए र आफ्नो करुणाले तपाईंले दरिद्रहरूलाई सबै कुरा जुटाइदिनुभयो। |
| 11 |
| प्रभुले आज्ञा दिनुभयो र धेरै स्त्रीहरूले यस्तो खबर सुनाए: |
| 12 |
| “राजाहरू आफ्ना सेनासहित भागिरहेका छन्!” घरका स्त्रीहरूले लुटी ल्याएका चीजबीजहरू बाँड-चुँड गरे: |
| 13 |
| चाँदीले मोहोडेका परेवाका मूर्तिहरू, जसका पखेटामा निखुर सुन जडेका थिए, त्यस्ता वस्तुहरू बाँड-चुँड गरे। (किन लडाइँका दिनमा तिमीहरूमध्ये कति जना भेडाका गोठमा बसिरह्यौ?) |
| 14 |
| सर्वशक्तिमान् परमेश्वरले राजालाई सल्मोन पहाडमा छरपष्ट पार्नुहुँदा त्यहाँ हिउँ बर्साउनुभयो। |
| 15 |
| बाशान कति महान् पर्वत छ! त्यस पर्वतमा धेरै चुचुराहरू छन्! |
| 16 |
| तिमी बसेको अग्लो चुचुरादेखि परमेश्वरले आफू बस्न रोज्नुभएको पर्वतलाई किन हेला गरेर हेर्दछौ? परमप्रभु त्यहाँ सदासर्वदा बास गर्नुहुनेछ। |
| 17 |
| आफ्ना हजारौं बलिया रथका साथ प्रभु सीनैदेखि आफ्नो पवित्र बासस्थानमा आउनुहुन्छ। |
| 18 |
| धेरै कैदीहरूलाई साथमा लिएर उहाँ अग्ला पर्वतमा जानुहुन्छ, विद्रोही मानिसहरूले उहाँलाई भेटी चढाउँछन्। परमप्रभु परमेश्वर त्यहाँ बास गर्नुहुनेछ। |
| 19 |
| दिन दिनै हाम्रा बोझ बोकिदिनुहुने प्रभुको प्रशंसा गर। उहाँ हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ। |
| 20 |
| हाम्रा परमेश्वर हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ, उहाँ हामीलाई मृत्युदेखि बचाउनुहुने परमप्रभु, हाम्रा प्रभु हुनुहुन्छ। |
| 21 |
| आफ्नै पापी चालमा चलिरहने शत्रुहरूका टाउकाहरू परमेश्वरले साँच्चै फुटाउनुहुनेछ। |
| 22 |
| परमप्रभुले भन्नुभएको छ, “म तिम्रा शत्रुहरूलाई बाशानदेखि र समुद्र तलदेखि फर्काई ल्याउनेछु |
| 23 |
| र तिनीहरूका रगतमा तिमीहरू पाइला चालेर हिँड्नेछौ र तिम्रा कुकुरहरूले चाहेजति रगत चाट्नेछन्।” |
| 24 |
| हे परमेश्वर! तपाईंको विजय यात्रा, परमेश्वर मेरा राजाको आफ्नो पवित्रस्थानमा विजय सवारी सबैले देखेका छन्। |
| 25 |
| अघि-अघि गवैयाहरू, पछि-पछि बाजा बजाउनेहरू छन् र बीचमा खैँजडी बजाउने ठिटीहरू छन्। |
| 26 |
| “हे याकूबका सन्तान हो! परमप्रभुको प्रशंसा गर! उहाँका आफ्ना प्रजा भेला भएका सभामा परमेश्वरको प्रशंसा गर!” |
| 27 |
| पहिले सबैभन्दा सानो बेन्यामीन कुल आउँछ, त्यसपछि यहूदा कुलका अगुवाहरू आफ्ना झुण्डसहित आउँछन्, तिनका पछि-पछि जबूलून र नप्ताली कुलका अगुवाहरू आउँछन्। |
| 28 |
| [28-29] हे परमेश्वर! आफ्नो शक्ति देखाउनुहोस्। यरूशलेमको मन्दिर, जहाँ राजाहरूले तपाईंलाई भेटी चढाउँछन्, त्यहाँदेखि तपाईंले हाम्रो पक्षमा चलाउनुभएको शक्ति देखाउनुहोस्। |
| 29 |
| 30 |
| त्यो निगालोका बीचमा भएको जङ्गली जनावरजस्तो मिश्रदेशलाई, साँढे र तिनका बाछाहरूका बथानजस्ता जाति-जातिलाई हकार्नुहोस्, दण्डवत् गरेर आफ्ना चाँदीहरू तपाईंलाई नचढाउञ्जेलसम्म तिनीहरूलाई हकार्नुहोस्। लडाइँ गर्न रुचाउनेहरूलाई छरपष्ट पार्नुहोस्! |
| 31 |
| राजदूतहरू मिश्रदेखि आउनेछन्, कूशले परमेश्वरलाई हात उचालेर प्रार्थना गर्नेछन्। |
| 32 |
| हे संसारका राज्यहरू हो! परमेश्वरको स्तुति गाओ, |
| 33 |
| प्राचीनकालदेखिका आकाशमा सवार हुनुहुने परमप्रभुको प्रशंसा गाओ। उहाँ उच्च स्वरले कराउनुभएको सुन। |
| 34 |
| परमेश्वरको सामर्थ्यबारे स्वर उचालेर भन, उहाँको गौरव इस्राएलमाथि छाएको छ, उहाँको सामर्थ्य आकाशमा फैलिएको छ। |
| 35 |
| इस्राएलका परमेश्वर आफ्ना मन्दिरदेखि आउनुहुँदा कति डरलाग्दो देखिनुहुन्छ! उहाँले आफ्ना प्रजालाई शक्ति र बल दिनुहुन्छ। परमेश्वरको प्रशंसा गर! |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/068.mp3
150
68