सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे परमेश्वर! अविश्वासीहरूले तपाईंको देशमाथि आक्रमण गरेका छन्। तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र गरेका छन् र यरूशलेमलाई ध्वंस पारिराखेका छन्। |
| 2 |
| गिद्धहरूले खानलाई तपाईंका प्रजाका लाशहरू र जङ्गली जनावरले खानलाई तपाईंका दासहरूका लाश तिनीहरूले छोडिराखेका छन्। |
| 3 |
| तिनीहरूले तपाईंका प्रजाका रगत पानीझैँ बगाए, यरूशलेमभरि पानीझैँ रगत बग्यो, मरेकाहरूलाई गाड्नलाई कोही बाँचेनन्। |
| 4 |
| वरिपरिका देशहरूले हाम्रो अपमान गर्छन्, तिनीहरूले खिसी गरेर हाम्रो हाँसो उडाउँछन्। |
| 5 |
| हे परमप्रभु! के सधैँभरि तपाईं हामीसँग रिसाउनुहुन्छ? के आगोझैँ तपाईंको क्रोध दन्किरहनेछ? |
| 6 |
| तपाईंको रिस तपाईंलाई नपुज्ने देशहरूमाथि र तपाईंलाई प्रार्थना नगर्ने मानिसमाथि खन्याउनुहोस् |
| 7 |
| किनभने तिनीहरूले तपाईंका प्रजालाई मारेका छन् र तपाईंको देश स्वाहा पारेका छन्। |
| 8 |
| हाम्रा पुर्खाहरूका पापको लागि हामीलाई दण्ड नदिनुहोस्। हामीलाई दयामाया गर्नुहोस्; हामीले सबै आशा हराएका छौं। |
| 9 |
| हे परमेश्वर! हाम्रो सहायता गर्नुहोस् र हामीलाई बचाउनुहोस्, तपाईंको आफ्नो इज्जतको खातिर हाम्रा पाप क्षमा गर्नुहोस् र हाम्रो उद्धार गर्नुहोस्। |
| 10 |
| देश-देशले किन हामीलाई सोध्छन्, “तिम्रा परमेश्वर खोइ?” आफ्नो प्रजाको रगत बहाएको कारणले तपाईंले ती देशहरूलाई दण्ड दिनुभएको हामी हेर्न पाऔँ। |
| 11 |
| कैदीहरूको पीडाको स्वर सुन्नुहोस् र आफ्नो महान् शक्तिले मृत्युदण्ड पाएकाहरूलाई छुटकारा दिनुहोस्। |
| 12 |
| हे प्रभु! तपाईंलाई गरेका अपमानको सट्टामा ती देशहरूलाई त्यसको सात गुणा दण्ड दिनुहोस्। |
| 13 |
| तब हामी, तपाईंका मानिसहरू, तपाईंका बथानका भेडाहरू तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं र आउँदो सदाकालका निम्ति तपाईंको प्रशंसा गर्नेछौं। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/079.mp3
150
79