सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे परमप्रभु हाम्रा प्रभु! तपाईंको महान्ता सारा संसारमा देखिन्छ! तपाईंको प्रशंसा स्वर्गसम्म पुग्छ। |
| 2 |
| तपाईंको प्रशंसा साना बालकहरू र दूध खाने बालकहरूबाट तपाईंको प्रशंसा हुन्छ। आफ्ना सारा शत्रुदेखि तपाईं सुरक्षित र कुशल हुनुहुन्छ, तपाईंको विरोध गर्नेहरू हरेकलाई तपाईंले बढ्न दिनुहुन्न। |
| 3 |
| तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्नुभएका जून र ताराहरू जब म हेर्दछु, |
| 4 |
| मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्नुहुन्छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्ता गर्नुहुन्छ? |
| 5 |
| तरै पनि तपाईंले मानिसलाई आफूभन्दा केही मात्र कम स्तरको बनाउनुभयो र उसलाई मान र गौरव दिनुभयो। |
| 6 |
| आफूले बनाएका सारा कुरा तपाईंले उसको अधीनमा दिनुभयो, तपाईंले उसलाई आफ्ना सारा सृष्टिमाथि अधिकार दिनुभयो। |
| 7 |
| भेडा-बाख्रा, गाई-वस्तु, जङ्गली पशु र पक्षीहरू, |
| 8 |
| माछा र समुद्रका सबै जन्तुहरूमाथि तपाईंले उसलाई अधिकार दिनुभयो। |
| 9 |
| हे परमप्रभु, हाम्रा प्रभु। तपाईंको महान्ता सारा संसारमा देखिन्छ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/008.mp3
150
8