|
| 1 |
|
| सङ्गीत-निर्देशकको निम्ति “करारका लिली फूल” को रागअनुसार आसापको भजन [1] हे इस्राएलका गोठाला, कान थाप्नुहोस्, तपाईं, जसले योसेफलाई भेड़ाको बगाललाई झैँ अगुवाइ गर्नुहुन्छ। तपाईं, जो करूबहरूका बीचमा विराजमान हुनुहुन्छ, प्रकाशमान् हुनुहोस्। |
|
| 2 |
|
| एफ्राइम, बेन्यामीन र मनश्शेको सामुन्ने आफ्नो सामर्थ्य जगाउनुहोस्, र हामीलाई बचाउन आउनुहोस्। |
|
| 3 |
|
| हे परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बाँच्न सकौं। |
|
| 4 |
|
| हे परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, आफ्नो प्रजाका प्रार्थनाको विरुद्ध तपाईंको क्रोध कहिलेसम्म दन्किरहन्छ? |
|
| 5 |
|
| तपाईंले तिनीहरूलाई आँसुको रोटी खुवाउनुभएको छ, र पिउनलाई आँसु प्रशस्त मात्रामा दिनुभएको छ। |
|
| 6 |
|
| तपाईंले हामीलाई छिमेकीहरूका लागि झगड़ाको स्रोत तुल्याउनुभएको छ, र हाम्रा शत्रुहरूले हामीलाई गिल्ला गर्छन्। |
|
| 7 |
|
| सर्वशक्तिमान् परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बाँच्न सकौं। |
|
| 8 |
|
| तपाईंले मिश्रदेशबाट एउटा दाखको बोट ल्याउनुभयो, तपाईंले अरू जातिहरूलाई धपाएर त्यो बोट रोप्नुभयो। |
|
| 9 |
|
| तपाईंले त्यसको निम्ति भूमि तयार पार्नुभयो, र त्यसको जरो गड़्यो र त्यो देशभरि फैलियो। |
|
| 10 |
|
| पहाड़हरू त्यसको छायाले ढाकिए, र त्यसका हाँगाबिँगाले शक्तिशाली देवदारुका रूखहरू छोपिए। |
|
| 11 |
|
| त्यसका हाँगाहरू समुद्रसम्म गए, अनि त्यसका मुनाहरूचाहिँ यूफ्रेटिस नदीसम्मै फैलिए। |
|
| 12 |
|
| त्यसका पर्खालहरू तपाईंले किन भत्काइदिनुभएको छ, र त्यहाँबाट जाने सबैले त्यसको फल टिपून्? |
|
| 13 |
|
| जङ्गलको बनेलले त्यसलाई नष्ट पार्छ, र जङ्गली जनावरहरू त्यसमा चर्छन्। |
|
| 14 |
|
| सर्वशक्तिमान् परमेश्वर, हाम्रा बीचमा फेरि फर्कनुहोस्। स्वर्गबाट तल दृष्टि गर्नुहोस्, यस दाखका बोटको हेरचाह गर्नुहोस्— |
|
| 15 |
|
| तपाईंको आफ्नो दाहिने बाहुलीले रोप्नुभएको त्यस बिरुवाको त्यस छोराको, जसलाई तपाईंले आफ्नो लागि हुर्काउनुभएको छ। |
|
| 16 |
|
| तपाईंका दाखको बोट काटेर ढालिएको छ, आगोले डढ़ाइएको छ। तपाईंको हप्कीमा तपाईंका जनहरू नष्ट हुन्छन्। |
|
| 17 |
|
| तपाईंको दाहिने पट्टिको मानिसमाथि तपाईंको हात रहोस्, त्यो मानिसको पुत्रमाथि जसलाई तपाईंले आफ्नो निम्ति खड़ा गर्नुभएको छ। |
|
| 18 |
|
| तब हामी तपाईंबाट कहिल्यै पिठिउँ फर्काउनेछैनौं, हामीलाई नयाँ जीवन प्रदान गर्नुहोस्, र हामी तपाईंका नाउँको पुकारा गर्नेछौं। |
|
| 19 |
|
| हे परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, हामीलाई पुनर्स्थापना गर्नुहोस्, आफ्नो मुहार हामीमाथि चम्काउनुहोस्, र हामी बाँच्न सकौं। |
|
|
|
|