×

सरल नेपाली पवित्र बाइबल 2008

भजनमा ८३

1
हे परमेश्‍वर, तपाईं मौन नरहनुहोस्, चुप नबस्‍नुहोस्! निष्‍क्रिय नहुनुहोस्, हे परमेश्‍वर!
2
हेर्नुहोस्! तपाईंका शत्रुहरूले विद्रोह गरेका छन् र तपाईंलाई घृणा गर्नेहरूले विरोध गर्दछन्।
3
तपाईंका प्रजाको विरुद्धमा तिनीहरूले लुकेर जाल रच्‍दै छन्, तपाईंका रक्षा पाएकाहरूका विरुद्धमा जाल गर्दै छन्।
4
तिनीहरू भन्‍छन्, “आओ, हामी तिनीहरूको देश नष्‍ट गरिदेऔं र इस्राएललाई सधैँको लागि सबैले बिर्सनेछन्।”
5
तिनीहरू आफ्‍ना युक्तिमा एक मत हुन्‍छन् र तपाईंको विरुद्धमा एकमत भएर खडा हुन्‍छन्।
6
एदोमका मानिसहरू र इश्‍माएलीहरू, मोआबका मानिसहरू र हग्रीहरू,
7
गबाली, अम्‍मोनी, अमालेकी, पलिश्‍ती र टुरोसका मानिसहरू, एक भएर खडा भएका छन्।
8
लोतका सन्‍तानहरूलाई सहायता दिनलाई अम्‍मोनी र मोआबी मित्र राष्‍ट्रको जतिकै बलियो अश्‍शूर पनि तिनीहरूसँग मिलेको छ।
9
तपाईंले कीशोन खोलामा सीसरा र याबीनलाई जसो गर्नुभएको थियो, त्‍यस्‍तै मिद्यानीहरूलाई गर्नुहोस्।
10
एन्‍दोरमा तिनीहरूको हार गराइदिनुभयो, र जमिनमा तिनीहरूको लाश सडिरह्‌यो।
11
ओरेब र जएबसँग जसो गर्नुभयो, तिनीहरूका अगुवाहरूसँग त्‍यस्‍तै गर्नुहोस्। जेबह र सल्‍मुन्‍नालाई जस्‍तै तिनीहरूका शासकहरूको हार गराउनुहोस्।
12
तिनीहरूले “परमेश्‍वरको जमिन हाम्रो बनाउनेछौं,” भनेका थिए।
13
हे परमेश्‍वर, धुलोझैँ, हावाले उडाएका परालझैँ तिनीहरूलाई छरपष्‍ट पार्नुहोस्।
14
जङ्गल आगोले डढाएझैँ, पहाडमा आगो सल्‍केझैँ,
15
आँधी र डरलाग्‍दो हुरीले तिनीहरूलाई थरथरी पारेर खेद्‌नुहोस्,
16
हे परमप्रभु, तिनीहरूका मुहार लाजले ढाकिदिनुहोस् र तिनीहरूलाई तपाईंको शक्ति स्‍वीकार गर्न लगाउनुहोस्।
17
तिनीहरू सदाकालका लागि हारून् र डराऊन्, तिनीहरू पूरा बदनामका साथ मरून्।
18
तिनीहरूले तपाईं मात्र परमप्रभु, सारा पृथ्‍वीका सर्वोच्‍च शासक हुनुहुन्‍छ भनी जानून्।
Nepali Bible 2008
Simple Nepali Holy Bible Nepal Bible Society, 2008
:
नोटहरू बचत गर्नुहोस्