|
| 1 |
|
| आसापको भजन [1] हे परमेश्वर! तपाईं मौन नरहनुहोस्, चूप नबस्नुहोस्, निष्क्रिय नहुनुहोस्, हे परमेश्वर! |
|
| 2 |
|
| हेर्नुहोस्, तपाईंका शत्रुहरूमा निकै हलचल छ, तपाईंका शत्रुहरूले आफ्ना शिर कति ठाडा पारेका छन्। |
|
| 3 |
|
| तिनीहरूले धूर्ततासाथ तपाईंका मानिसहरूका विरुद्धमा षड्यन्त्र रच्तछन्, र तिनीहरू तपाईंले कदर गरेकाहरूका विरुद्धमा मतो गर्छन्। |
|
| 4 |
|
| तिनीहरू भन्छन्, “आओ, हामी उनीहरूको जातिलाई नाश गरौं, ताकि इस्राएल भन्ने नाउँको सम्झना नै नरहोस्।” |
|
| 5 |
|
| तिनीहरू एक मत भएर षड्यन्त्र रच्छन्, तपाईंको विरुद्धमा तिनीहरू परस्पर सन्धि गर्छन्— |
|
| 6 |
|
| एदोम र इश्माएलका निवासीहरू, मोआबीहरू र हग्री, |
|
| 7 |
|
| गबाली, अम्मोनी, अमालेकी, पलिश्ती र टुरोसका निवासीहरू। |
|
| 8 |
|
| र लोतका सन्तानहरूलाई सहायता दिनलाई अश्शूर पनि तिनीहरूसँग मिलेको छ। सेला |
|
| 9 |
|
| मिद्यानीहरूलाई गर्नुभएझैँ व्यवहार तिनीहरूसँग गर्नुहोस्, सीसरा र याबीनलाई कीशोन खोलामा गर्नुभएझैँ, |
|
| 10 |
|
| जो एन्दोरमा नष्ट भए, र जमिनका फोहोरसरि भए। |
|
| 11 |
|
| तिनीहरूका भारदारहरूलाई ओरेब र जएबझैँ तुल्याउनुहोस्। तिनीहरूका सबै राजकुमारहरूलाई जेबह र सल्मुन्नाजस्तै बनाउनुहोस्, |
|
| 12 |
|
| जसले भने, “परमेश्वरका खर्कमा हामी आफ्नो अधिकार जमाऔं।” |
|
| 13 |
|
| हे मेरा परमेश्वर, तिनीहरूलाई यताउति पल्टाइने झार र बतासले उड़ाएको भुसझैँ तुल्याउनुहोस्। |
|
| 14 |
|
| जसरी आगोले जङ्गल भस्म पार्छ, र ज्वालाले पहाड जलाइदिन्छ, |
|
| 15 |
|
| त्यसरी आफ्नो प्रचण्ड आँधीले तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको आँधीबेहरीले तिनीहरू भयभीत पार्नुहोस्। |
|
| 16 |
|
| तिनीहरूका अनुहार लाजले छोपिदिनुहोस्, र हे परमप्रभु, मानिसहरूले तपाईंका नाउँको खोजी गरून्। |
|
| 17 |
|
| तिनीहरू सधैँ शर्ममा परून्, र अतासले भरिऊन्। तिनीहरू अपमानमा नष्ट भइजाऊन्। |
|
| 18 |
|
| तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ परमप्रभु हो, तपाईं मात्र सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ। |
|
|
|
|