सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे सर्वशक्तिमान् परमप्रभु! म कति तपाईंको मन्दिरलाई प्रेम गर्दछु! |
| 2 |
| म त्यहाँ बस्न कति चाहन्छु! म परमप्रभुको मन्दिरमा बास गर्न अति इच्छा गर्दछु। मेरो सारा प्राणले जिउँदो परमेश्वरकहाँ म आनन्दको गीत गाउँदछु। |
| 3 |
| भँगेराहरूले पनि गुँड बनाएका छन्, गौंथलीहरूको पनि आफ्नै घर छ, तिनीहरूले आफ्ना बच्चाहरूलाई तपाईंका वेदीछेउ राख्छन्, सर्वशक्तिमान् परमप्रभु मेरा राजा, मेरा परमेश्वर, |
| 4 |
| तपाईंको मन्दिरमा बास गरेर सधैँ तपाईंको महिमा गाउनेहरू कति खुसी छन्। |
| 5 |
| तपाईंबाट बल पाउनेहरू र सियोन पहाडमा जानलाई इच्छुक रहनेहरू कति खुसी छन्। |
| 6 |
| तिनीहरू बाकाको बेसीको बीच भएर जाँदा त्यहाँ पानी उम्रनेछ, शरद् ऋतुको वर्षाले त्यहाँ पोखरीहरू भरिन्छन्। |
| 7 |
| तिनीहरू बाटोमा जाँदैगर्दा झन् बलिया हुन्छन्, तिनीहरूले सियोनमा देवी-देवताहरूका पनि परमेश्वरलाई देख्नेछन्। |
| 8 |
| परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्। हे याकूबका परमेश्वर, मतिर कान थाप्नुहोस्! |
| 9 |
| हे परमेश्वर, तपाईंले चुन्नुभएको हाम्रा राजालाई आशिष् दिनुहोस्। |
| 10 |
| अरू कहीँ पनि बिताएका एक हजार दिनभन्दा तपाईंको मन्दिरमा बिताएको एक दिन असल हो। दुष्टहरूको घरमा बस्नुभन्दा त बरु म परमेश्वरको भवनको ढोकामा बस्न रुचाउँदछु। |
| 11 |
| परमप्रभु हाम्रा रक्षक र गौरवपूर्ण राजा हुनुहुन्छ। उहाँले हामीलाई दया र मान गरेर आशिष् दिनुहुन्छ। उहाँले असल काम गर्नेहरूलाई कुनै पनि असल कुरो इन्कार गर्नुहुन्न। |
| 12 |
| सर्वशक्तिमान् परमप्रभु! तपाईंमा भरोसा राख्नेहरू कति खुसी छन्! |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/084.mp3
150
84