सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| हे परमप्रभु! तपाईंले आफ्नो देशलाई दया गर्नुभएको छ, तपाईंले फेरि इस्राएलको फलिफाप गराउनुभएको छ। |
| 2 |
| तपाईंले आफ्ना प्रजाका पाप माफ गर्नुभएको छ, तिनीहरूका सबै दुष्ट कामहरू क्षमा गर्नुभएको छ। |
| 3 |
| तपाईं तिनीहरूसँग रिसाउन छोड्नुभयो र आफ्नो बल्दो क्रोध थाम्नुभयो। |
| 4 |
| हे परमेश्वर, हाम्रा उद्धारक, हामीलाई फर्काई ल्याउनुहोस्, अब हामीसँग असन्तुष्ट नहुनुहोस्। |
| 5 |
| के तपाईं सधैँभरि हामीसँग रिसाउनुहुने? तपाईंको रिस कहिल्यै मर्दैन र? |
| 6 |
| हामीलाई फेरि बलियो बनाउनुहोस्, र हामी तपाईंका प्रजाले तपाईंको प्रशंसा गर्नेछौं। |
| 7 |
| हे परमप्रभु! हामीलाई आफ्नो अटुट प्रेम देखाउनुहोस् र हामीलाई उद्धारपूर्ण मद्दत दिनुहोस्। |
| 8 |
| परमप्रभु परमेश्वरले के भन्दै हुनुहुन्छ, म सुन्दै छु, यदि हामी आफ्ना मूर्ख चालमा फेरि हिँडेनौं भने उहाँले आफ्ना प्रजाका लागि शान्ति दिने प्रतिज्ञा गर्नुहुन्छ। |
| 9 |
| उहाँको आदर गर्नेहरूलाई बचाउन उहाँ साँच्चै तयार हुनुहुन्छ, हामीलाई बचाउनलाई उहाँको उपस्थिति हाम्रो देशमा रहिरहनेछ। |
| 10 |
| प्रेम र विश्वासनीयताले आपसमा भेट गर्नेछन्, धार्मिकता र शान्तिले अँगालो मार्नेछन्। |
| 11 |
| मानिसको भक्ति पृथ्वीदेखि उँभो उठ्नेछ, परमेश्वरको धार्मिकताले स्वर्गदेखि तल हेर्नेछ। |
| 12 |
| परमप्रभुले हाम्रो फलिफाप गराउनुहुनेछ र हाम्रो जमिनले धेरै फसल उत्पादन गर्नेछ। |
| 13 |
| धार्मिकताचाहिँ परमप्रभुको अघिअघि गएर उहाँको निम्ति बाटो तयार गर्नेछ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/085.mp3
150
85