सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| ज-जसले सुरक्षा पाउन परमप्रभुको शरण लिन्छन् र सर्वशक्तिमान्को सुरक्षामुनि बस्छन्, |
| 2 |
| तिनीहरूले उहाँलाई भन्न सक्छन्, “मलाई बचाउने र रक्षा गर्ने तपाईं हुनुहुन्छ, तपाईं मेरो परमेश्वर हुनुहुन्छ, म तपाईंमा भरोसा राख्दछु।” |
| 3 |
| उहाँले तिमीलाई सबै लुकेका खतराहरूदेखि र सबै प्राणघातक रोगहरूदेखि कुशल राख्नुहुनेछ। |
| 4 |
| उहाँले तिमीलाई आफ्ना पखेटाले ढाक्नुहुनेछ, तिमी उहाँको रेखदेखमा कुशलसित रहनेछौ, उहाँको विश्वासयोग्यताले तिमीलाई रक्षा गरेर बचाउनेछ। |
| 5 |
| दिउँसो अचानक आइलाग्ने आक्रमणदेखि वा रातमा हुने कुनै खतरादेखि तिमीले डर मान्नुपर्नेछैन |
| 6 |
| वा अन्धकारमा आइलाग्ने आपत्-विपद् अथवा दिउँसै प्राण लिने दुष्ट कुराहरूदेखि डराउनुपर्नेछैन। |
| 7 |
| तिम्रो छेउमा हजार जना लोट्लान्, तिम्रा चारैपट्टि दश हजार, तर तिमीलाई केही चोट लाग्नेछैन। |
| 8 |
| दुष्टहरूले कसरी सजायँ पाउँछन्, तिमीले देख्नेछौ। |
| 9 |
| परमप्रभुलाई आफ्ना त्राणकर्ता र सर्वोच्च प्रभुलाई आफ्ना रक्षक तिमीले बनाएका छौ, |
| 10 |
| यसर्थ तिमीमाथि केही विपद् आइपर्नेछैन र तिम्रो घर छेउछाउ कुनै हुलदङ्गा आउनेछैन। |
| 11 |
| तिमी जहाँ गए पनि रक्षा गर्नलाई परमेश्वरले आफ्ना दूतहरूलाई तिम्रो जिम्मा दिनुहुनेछ। |
| 12 |
| ढुङ्गामा तिम्रा खुट्टालाई चोट नलागोस् भनेर तिनीहरूले आफ्ना हातले तिमीलाई उचालिराख्नेछन्। |
| 13 |
| तिमीले सिंहहरू र सर्पहरू, डरलाग्दा सिंहहरू र विषालु सर्पहरू पैतालाले कुल्चनेछौ। |
| 14 |
| “जसले मलाई प्रेम गर्छन्, तिनीहरूलाई म बचाउनेछु र जसले मलाई परमप्रभु भनी स्वीकार गर्छन्, तिनीहरूलाई म रक्षा गर्नेछु। |
| 15 |
| तिनीहरूले मलाई पुकार्दा म तिनीहरूलाई जवाफ दिनेछु; तिनीहरू कष्टमा पर्दा म तिनीहरूको साथ रहनेछु, म तिनीहरूलाई बचाउनेछु र आदर दिनेछु। |
| 16 |
| म तिनीहरूलाई दीर्घायु दिनेछु र बचाउनेछु।” |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/091.mp3
150
91