नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| आओ, परमप्रभुको निम्ति हामी आनन्दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं। |
| 2 |
| धन्यवाद चढ़ाउँदै उहाँको सामुन्ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं। |
| 3 |
| किनकि परमप्रभु महान् परमेश्वर हुनुहुन्छ, सारा देवहरूमाथिका महाराजा। |
| 4 |
| उहाँको बाहुलीमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्, र पहाड़का शिखरहरू उहाँकै हुन्। |
| 5 |
| समुद्र उहाँको हो, उहाँले नै त्यसलाई बनाउनुभएको हो, र सुक्खा भूमि उहाँले नै रच्नुभएको हो। |
| 6 |
| आओ, दण्डवत् गरौं र निहुरौं, हाम्रा सृष्टिकर्ता परमेश्वरकै सामु घुँड़ा टेकौं, |
| 7 |
| किनभने उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामी उहाँको खर्कका प्रजा, र उहाँका हातका भेड़ाहरू हौं। आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, |
| 8 |
| तिमीहरूले मेरीबामा गरेजस्तै आफ्ना हृदय कठोर नपार, जस्तो तिमीहरूले त्यस दिन मरुभूमिमा भएको मस्साहमा गरेका थियौ, |
| 9 |
| जहाँ मैले गरेका काम तिमीहरूका पूर्वजहरूले देखेका भए तापनि तिनीहरूले मलाई जाँच गरे र मेरो परीक्षा गरे। |
| 10 |
| चालीस वर्षसम्म त्यस पुस्तासँग म क्रोधित भएँ, र मैले भनें, “यी त्यस्ता मानिस हुन्, जसका हृदय बरालिएर जान्छन्, र तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।” |
| 11 |
| यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।” |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/psalms/095.mp3
150
95