सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमप्रभुलाई एउटा नयाँ भजन गाओ! सारा संसारले परमप्रभुको स्तुति गाओ! |
| 2 |
| परमप्रभुको भजन गाओ र उहाँको प्रशंसा गर, उहाँले हामीलाई बचाउनुभएको छ भनी दिनदिनै सुसमाचार सुनाओ। |
| 3 |
| जाति-जातिलाई उहाँको महिमाबारे भन, उहाँका महान् कार्यहरू सबै मानिसहरूलाई सुनाओ। |
| 4 |
| परमप्रभु महान् हुनुहुन्छ, उहाँको उच्च प्रशंसा हुनुपर्छ, सबै देवताहरूभन्दा बढ्ता उहाँको आदर हुनुपर्छ। |
| 5 |
| अरू सारा देशका देवताहरू मूर्ति मात्र हुन्, तर परमप्रभुले स्वर्ग सृष्टि गर्नुभयो। |
| 6 |
| महिमा र गौरवले उहाँलाई घेरेका छन्, शक्ति र सुन्दरताले उहाँको मन्दिर भरिएको छ। |
| 7 |
| पृथ्वीका सबै मानिसहरूले परमप्रभुको प्रशंसा गर, उहाँको गौरव र सामर्थ्यको प्रशंसा गर। |
| 8 |
| परमप्रभुको महिमापूर्ण नामको प्रशंसा गर; भेटी लिएर उहाँको मन्दिरमा आओ। |
| 9 |
| ती पवित्र परमव्यक्ति देखा पर्नुहुँदा उहाँलाई दण्डवत् गर, सारा पृथ्वी उहाँको अघि थरथरी होओ। |
| 10 |
| सबै जातिहरूलाई भन, “परमप्रभु राजा हुनुहुन्छ, पृथ्वी दरिलोसँग त्यसको जगमा बसालिएको छ र त्यो सार्न सकिंदैन। उहाँले न्यायसँग मानिसहरूको निसाफ गर्नुहुन्छ।” |
| 11 |
| पृथ्वी र आकाशले आनन्द मनाओ, समुद्र र त्यहाँका सबै प्राणीहरू गर्जी उठ, |
| 12 |
| मैदान र त्यहाँ भएका सारा थोकले आनन्द मनाओ। जङ्गलका रूखहरू रमाएर स्वर उचाल्नेछन्। |
| 13 |
| जब परमप्रभु पृथ्वीमा राज्य गर्न आउनुहुन्छ, न्याय र धर्मसाथ उहाँले संसारका देशहरूमाथि राज्य गर्नुहुनेछ। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/096.mp3
150
96