सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमप्रभु राजा हुनुहुन्छ, मानिसहरू काँप्दछन्, उहाँ पखेटा भएका जीवमाथि बसालेको सिंहासनमा विराजमान हुनुहुन्छ र पृथ्वी हल्लँदछ। |
| 2 |
| परमप्रभु सियोनमा महान् हुनुहुन्छ, सबै जातिहरूमाथि उहाँ सर्वोच्च हुनुहुन्छ। |
| 3 |
| सबैले उहाँको महान् र गौरवपूर्ण नामको प्रशंसा गर्दछन्। उहाँ पवित्र हुनुहुन्छ! |
| 4 |
| सामर्थी राजा, जे ठीक छ, त्यो तपाईंले प्रेम गर्नुहुन्छ, तपाईंले इस्राएलमा न्याय कायम गर्नुभएको छ, धार्मिकता र न्याय ल्याउनुभएको छ। |
| 5 |
| परमप्रभु हाम्रा परमेश्वरको प्रशंसा गर; उहाँको सिंहासनको सामु दण्डवत् गर। उहाँ पवित्र हुनुहुन्छ! |
| 6 |
| मोशा र हारून उहाँका पूजाहारीहरू थिए, उहाँलाई प्रार्थना गर्ने एक जना शमूएल थिए, तिनीहरूले परमप्रभुलाई पुकारे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो। |
| 7 |
| उहाँले बादलको खाँबोबाट तिनीहरूसँग बोल्नुभयो, उहाँले दिनुभएका नियम र आज्ञाहरू तिनीहरूले पालन गरे। |
| 8 |
| हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईंले आफ्ना प्रजालाई जवाफ दिनुभयो, तपाईंले तिनीहरूलाई तिनीहरूका पापको दण्ड दिनुभए तापनि म क्षमा दिने परमेश्वर हुँ भनी तपाईंले तिनीहरूलाई देखाउनुभयो। |
| 9 |
| परमप्रभु हाम्रा परमेश्वरको प्रशंसा गर र उहाँको पवित्र पहाडमा उपासना गर! परमप्रभु हाम्रा परमेश्वर, पवित्र हुनुहुन्छ। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/psalms/099.mp3
150
99