कतै लडाइँ भइगयो भने तिनीहरू हाम्रा शत्रुहरूपट्टि लागेर हाम्रा विरुद्धमा लड्लान् र यो देशबाट भागेर जालान्। केही उपाय गरेर हामीले तिनीहरूको सङ्ख्या अझ बढ्नबाट रोक्नुपर्छ।”
यसैकारण मिश्रीहरूले तिनीहरूमाथि निष्ठुरी मानिसहरू खटाए, जसले तिनीहरूलाई कठोर र गाह्रो काम लगाएर तिनीहरूको मनलाई मार्ने काम गर्थे। राजकीय सर-सामान भण्डारको लागि इस्राएलीहरूले पिताम र रामसेस सहरहरू बनाए।
[13-14] निष्ठुरतासँग कमाराको काममा पेलेर इस्राएलीहरूको जीवन कष्टमय पारिदिए। घर निर्माण गर्ने काम र इँटाको काम अनि खेतको काममा तिनीहरूलाई मिश्रीहरूले जोत्दथे र केही दया गर्दैनथे।
उनले तिनीहरूलाई भने, “जब हिब्रू स्त्रीहरूले बच्चाहरू जन्माउँदा तिनीहरूलाई मद्दत गर्न तिमीहरू जान्छौ, तब छोरो जन्मियो भने त्यसलाई मारिदिइहाल्नू, छोरी जन्मियो भने जिउँदै छोडिदिनू।”
तिनीहरूले उत्तर दिए, “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्; तिनीहरूले सजिलै बच्चा जन्माउँछन्, हामी पुग्नुभन्दा अघि नै तिनीहरूले बच्चाहरू जन्माइसक्छन्।”
[20-21] ती सुँडेनीहरूले परमेश्वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्याण गर्नुभयो र तिनीहरूलाई सन्तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए।