ती गर्दा कसरी मिश्रीहरूलाई मूर्ख बनाएको थिएँ, त्यो कुरा तिमीहरूले आफ्ना छोरानातिहरूलाई भन्न सकौला भनेरै मैले तिनीहरूको मन कठोर गरेको छु। तिमीहरू सबैले म परमप्रभु हुँ भनी जान्नेछौ।”
यसकारण मोशा र हारून राजाकहाँ गएर भने, “हिब्रूहरूका परमेश्वर परमप्रभु भन्नुहुन्छ, ‘कहिलेसम्म तिमीहरू मलाई अस्वीकार गरिरहन्छौ? मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्।
तेरा महलहरू र भारदारका र प्रजाका सबै घरहरू सलहहरूले भरिनेछन्। त्यति धेरै सलहहरू त तेरा पितापुर्खाहरूले कहिल्यै देखेका थिएनन्।” मोशा फनक्क फर्केर हिँडे।
राजाका भारदारहरूले तिनलाई भने, “यस मानिसले कहिलेसम्म हामीलाई दु:ख दिइरहने हो? इस्राएलीहरूलाई छोडिदिनुहोस् र तिनीहरू गएर परमप्रभु आफ्ना परमेश्वरलाई पुजून्। के हजुरलाई थाहा छैन, मिश्रदेश नै नष्ट भइसक्यो?”
मोशाले उत्तर दिए, “हामीहरू सबै, बालबच्चाहरू र बुढा-बुढीहरूसमेत सबै नै जानेछौं। हामीहरू आफ्ना छोरा-छोरी, भेडाबाख्रा सबै लैजानेछौं किनभने हामीले परमप्रभुलाई आदर गरेर एउटा चाड मनाउनुपर्छ।”
तब परमप्रभुले मोशालाई भन्नुभयो, “सलहहरू मिश्रमा आऊन् भनी आफ्नो हात पसार्। खेतबारीमा उब्जिएका हरथोक र असिनाबाट बचेका हरेक चीज तिनीहरूले आएर खानेछन्।”
परमप्रभुले पूर्वबाट आएको बतासलाई शक्तिशाली पश्चिमी बतासमा परिवर्तन गर्नुभयो र त्यो बतासले सलहहरूलाई उडाएर लाल समुद्रमा हालिदियो। मिश्रमा एउटै सलह पनि रहेन।
हाम्रा आफ्ना पशुहरू लैजानेछौं, एउटै पनि छोड्नेछैनौं। हाम्रा परमेश्वर परमप्रभुलाई चढाउनुपर्ने पशुहरू हामी आफैंले रोज्नुपर्छ। अनि त्यस ठाउँमा नपुगेसम्म कुन-कुन पशुहरू बलि गर्नुपर्छ, सो हामीलाई थाहा हुँदैन।”