नेपाली समकालीन संस्करण 2021
|
| 1 |
| याहवेहले मोशालाई भन्नुभयो, “पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काट्, र म तिनीहरूमा तैँले फुटाएको पहिलो पाटीहरूमा भएकै शब्दहरू लेखिदिनेछु। |
| 2 |
| बिहान तयार भएर सीनै पर्वतमा उक्लिआइज। पर्वतको टाकुरामा आफूलाई मकहाँ हाजिर गर्। |
| 3 |
| पर्वतमा तँसित कोही पनि नआओस्; अथवा पर्वतका कुनै ठाउँमा देखा पनि नपरोस्; कुनै बगाल र बथान पनि पर्वतको सामु नचरोस्।” |
| 4 |
| यसकारण मोशाले पहिलेको जस्तै ढुङ्गाका दुई वटा पाटीहरू काटेर निकाले, र याहवेहले आज्ञा दिनुभएझैँ बिहानै सीनै पवर्तमा उक्ले। तिनले ढुङ्गाका दुई वटा पाटीहरू आफ्ना हातमा बोके। |
| 5 |
| तब याहवेह बादलमा तल ओर्लिनुभयो, र त्यहाँ तिनीसित उभिनुभयो; अनि आफ्नो नाम याहवेह भनी घोषणा गर्नुभयो। |
| 6 |
| उहाँ मोशाको सामु यसो भनेर घोषणा गर्दै जानुभयो, “याहवेह, याहवेह, दयालु र अनुग्रही परमेश्वर, रिस गर्नमा ढिलो, प्रेम र विश्वासयोग्यताले भरिपूर्ण हुनुहुन्छ। |
| 7 |
| उहाँले हजारौँसित प्रेम कायम राख्नुहुन्छ; अनि दुष्टता, विद्रोह र पापलाई क्षमा गर्नुहुन्छ। तरै पनि उहाँले दोषीलाई दण्ड नदिई छाड्नुहुन्न। पितापुर्खाका दुष्टताको दण्ड तिनीहरूका सन्तान, नातिनातिना र तेस्रो अनि चौथो पुस्तासम्म दिनुहुन्छ।” |
| 8 |
| तब मोशाले तुरुन्तै भुइँसम्मै निहुरेर परमेश्वरलाई आराधना गरे। |
| 9 |
| तिनले भने, “हे प्रभु, यदि मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने तपाईं नै हामीसित हिँड्नुहोस्। यो एउटा हठी जाति भए तापनि हाम्रा दुष्टता र पाप क्षमा गरिदिनुहोस्; अनि हामीलाई आफ्नो निज सम्पत्तिको रूपमा लिनुहोस्।” |
| 10 |
| तब याहवेहले भन्नुभयो: “म तँसित एउटा करार बाँध्दछु। म तेरा सबै मानिसहरूको सामु यस संसारमा भएका कुनै जातिको बीचमा कहिल्यै पनि नगरिएका अद्भुत कार्यहरू गर्नेछु। तँ जुन मानिसहरूसित बस्दछस्, तिनीहरूले म याहवेहले कस्तो महान् काम तिमीहरूका निम्ति गर्नेछु, त्यो देख्नेछन्। |
| 11 |
| म तँलाई आज जे आज्ञा दिन्छु, त्यो पालन गर्नू। म तेरो सामु एमोरीहरू, कनानीहरू, हित्तीहरू, परिज्जीहरू, हिव्वीहरू र यबूसीहरूलाई धपाउनेछु। |
| 12 |
| तिमीहरू जाने देशमा बस्नेहरूसित होशियार हुनू र सम्झौता नगर्नू, नत्रता तिमीहरूका निम्ति तिनीहरू पासो हुनेछन्। |
| 13 |
| तिनीहरूका वेदीहरू भत्काइदिनू, तिनीहरूका चोखा पत्थरहरू चकनाचुर पारिदिनू र तिनीहरूका अशेराको खाँबो काटेर ढालिदिनू। |
| 14 |
| अरू कुनै देवी-देवताको आराधना नगर्नू; किनकि याहवेह, जसको नाम डाही हो, डाह गर्ने परमेश्वर हुनुहुन्छ। |
| 15 |
| “त्यस देशमा बस्नेहरूसित होशियार हुनू र करार नबाँध्नू; किनकि तिनीहरूले आफ्ना देवी-देवताहरूका अगि व्यभिचार गर्दा र तिनीहरूका लागि बलिदान चढाउँदा तिमीहरूलाई निम्तो दिनेछन्; अनि तिमीहरूले तिनीहरूका बलिदानबाट खानेछौ। |
| 16 |
| अनि जब तिमीहरूले तिनीहरूका छोरीहरूलाई आफ्ना छोराहरूका निम्ति पत्नी बनाउन रोज्नेछौ, र ती छोरीहरूले आफ्ना देवी-देवताहरूसित व्यभिचार गर्नेछन्; तब तिनीहरूले तिमीहरूका छोराहरूलाई त्यसै गर्न डोर्याउनेछन्। |
| 17 |
| “तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाउनू। |
| 18 |
| “अखमिरी रोटीको चाड मनाउनू। सात दिनसम्म मैले तिमीहरूलाई आज्ञा दिएझैँ, खमिर नमिसाइएको रोटी खानू। यो आबीब महिनाको तोकिएको समयमा गर्नू; किनकि तिमीहरू त्यही महिनामा इजिप्टबाट निस्केर आएका हौ। |
| 19 |
| “प्रत्येक गर्भको पहिलो फल मेरो हो। तिमीहरूका पशुका सबै भाले, गाईबस्तुका र भेडाबाख्राका पहिले जन्मेका मेरै हुन्।” |
| 20 |
| गधैनीको पहिले जन्मेको बछेडालाई पाठो दिएर छुटाउनू; तर तिमीहरूले छुटाएनौ भने त्यसको गर्दन भाँचिदिनू। तिमीहरूका सबै जेठा छोराहरूलाई छुटाउनू। “मेरो सामु कोही खाली हात देखा नपरोस्। |
| 21 |
| “छ दिनसम्म काम गर्नू, तर सातौँ दिनमा विश्राम गर्नू; जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू। |
| 22 |
| “गहुँको कटनीबाट पहिलो फल लिएर साताहरूका चाड मनाउनू, र वर्षको अन्तमा अन्न भित्र्याउने चाड मनाउनू। |
| 23 |
| वर्षमा तीन पल्ट तेरा सबै पुरुषहरू सार्वभौम याहवेह, इस्राएलका परमेश्वरको सामु देखा परून्। |
| 24 |
| म तिमीहरूका सामु जातिहरूलाई धपाइदिनेछु, र तिमीहरूका सिमाना फैलाइदिनेछु; अनि वर्षमा तीन पल्ट तिमीहरू याहवेह तिमीहरूका परमेश्वरको सामु देखा पर्न जाँदा कसैले पनि तिमीहरूका जमिनको लोभ गर्नेछैन। |
| 25 |
| “तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू, र निस्तार चाडको बलिबाट कुनै पनि भाग बिहानसम्म रहन नदिनू। |
| 26 |
| “तिमीहरूका माटोबाट उब्जेका सबैभन्दा असल पहिलो फल याहवेह तिमीहरूका परमेश्वरको घरमा ल्याउनू। “बाख्राको पाठो त्यसको माउको दूधमा नपकाउनू।” |
| 27 |
| त्यसपछि याहवेहले मोशालाई भन्नुभयो, “यी कुराहरू लेख्; किनकि यिनै कुराअनुसार मैले तँ र इस्राएलसँग करार बाँधेको छु।” |
| 28 |
| मोशा त्यहाँ रोटी नखाई र पानी नपिई याहवेहसित चालीस दिन र चालीस रातसम्म रहे। तिनले ती साक्षी पाटीहरूमा त्यस करारका वचन अर्थात् दश आज्ञाहरू लेखे। |
| 29 |
| जब मोशा सीनै पर्वतबाट आफ्ना हातहरूमा साक्षी पाटीहरू लिएर तल ओर्ले, तब याहवेहसित तिनले कुरा गरेकोले आफ्नो अनुहार चम्कँदैछ भन्ने तिनलाई थाहा भएन। |
| 30 |
| जब हारून र सबै इस्राएलीहरूले मोशालाई देखे, तिनको अनुहार चम्किरहेको थियो; अनि तिनीहरू उनको नजिक आउन डराए। |
| 31 |
| तर मोशाले तिनीहरूलाई बोलाए। अनि हारून र समुदायका सबै अगुवाहरू तिनीकहाँ फर्केर आए; र तिनले उनीहरूसित कुरा गरे। |
| 32 |
| त्यसपछि सबै इस्राएलीहरू तिनको नजिक आए; अनि तिनले तिनीहरू सबैलाई याहवेहले तिनलाई सीनै पर्वतमा दिनुभएका सबै आज्ञाहरू दिए। |
| 33 |
| मोशाले तिनीहरूसित कुरा गरिसकेपछि तिनले आफ्नो अनुहारमाथि घुम्टो लगाए। |
| 34 |
| तर जब मोशा याहवेहसित कुरा गर्न उहाँको उपस्थितिमा जान्थे, आफू बाहिर ननिस्कुन्जेल घुम्टो उतार्थे। अनि तिनी बाहिर आएर तिनले के आज्ञा पाए, सो इस्राएलीहरूलाई सुनाइदिँदा |
| 35 |
| इस्राएलीहरूले तिनको अनुहार चम्केको देख्थे। याहवेहसित कुरा गर्न भित्र नगएसम्म मोशाले फेरि आफ्नो अनुहारमाथि त्यो घुम्टो लगाउँथे। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2021/exodus/034.mp3
40
34