मलाई तपाईंसित लैजानुहोस्— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्नो कोठामा ल्याउनुहोस्। हामी तपाईंमा खुशी हुनेछौं र रमाउँछौं। हामी दाखमद्यभन्दा पनि तपाईंको प्रेमको प्रशंसा गर्छौं। उनीहरू तपाईंलाई सुहाउँदो माया गर्छन्।
म काली छु भनी छक्क परेर मलाई नहेर, किनकि चर्को घामले मलाई काली बनाएको हो। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई दाखबारीको हेरचाह गर्ने बनाए, तर मेरै आफ्नो दाखबारीको चाहिँ मैले बेवास्ता गरेकी छु।
हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्छ? अनि दिउँसो ती कहाँ बिसाउँछन् तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्टो हालेकी महिलाझैँ हुनु?