सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| तिमी कस्ती उदेककी तरुणी छौ! चप्पल लाएका तिम्रा पाउ कति राम्रा छन्। तिम्रा तिघ्राका गोलाइ निपुण कारिगरले बनाएको कामझैँ छ। |
| 2 |
| तिम्रो नाभि गोलो बटुकोजस्तै छ। जसमा मसला मिसाएको दाखमद्य कहिल्यै सकिंदैन। तिम्रो पेट लिली फूलले घेरिराखेको गहुँको रासजस्तै छ। |
| 3 |
| तिम्रा स्तन जुम्ल्याहा मृगझैँ, एक जोर हरिणीझैँ देखिन्छन्। |
| 4 |
| तिम्रो गला हस्ति-दाँतको धरहराजस्तै छ, तिम्रा आँखा हेश्बोनका पोखरीहरूजस्ता छन्, जुन त्यस महानगरमा मूल-ढोकानिर छन्। दमस्कसमा पहरा दिने लेबनानको धरहराजस्तो सुन्दर छ। |
| 5 |
| तिम्रो शिर कर्मेल पर्वतजस्तै ठाडो छ। बाटेको तिम्रो केश असल रेशमी लुगाझैँ चम्केको छ, त्यसको सुन्दरताले राजालाई मुग्ध पार्न सक्छ। |
| 6 |
| तिमी कति राम्री छ्यौ, कति सुन्दरी छ्यौ, तिम्रो प्रेमबाट कस्तो पूर्ण आनन्द पाइन्छ। |
| 7 |
| तिमी खजुरको रूखजस्तै शोभापूर्ण छ्यौ, तिम्रा स्तन खजुरका झुप्पाझैँ छन्। |
| 8 |
| म खजुरको रूखमा चढ्नेछु र त्यसका फल टिप्नेछु। मेरो निम्ति तिम्रो स्तन दाखको झुप्पाझैँ र तिम्रो सास स्याउको बासनाझैँ छ। |
| 9 |
| तिम्रो ओठ असल दाखमद्यझैँ मीठो छ। अब दाखमद्य सोझै मेरा प्रियतमको मुखमा पुगोस्, उनको ओठ र दाँतका बीचबाट छिरेर जाओस्। |
| 10 |
| म मेरा प्रियतमको हुँ, उनले मेरो तिर्सना गर्छन्। |
| 11 |
| आऊ प्रियतम, हामी खेतबारी हुँदो जाऔं र गाउँमा रात बिताऔं। |
| 12 |
| बिहान सबेरै उठेर हामी दाखलाई हेरौंला, दाखका कोपिला फुटेछन् कि फल फुलेछन् कि भनी खोजौंला र दारिमका फूल फुल्नेछन् कि भनी हेरौंला र त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। |
| 13 |
| तिमीले निद्रा दिने दूधे-फलको बासना सुँघौंला र सबै किसिमका मीठा-मीठा फलहरू ढोकाछेउमा नै हुनेछन्। प्रियतम, मैले तिम्रो निम्ति, नयाँ र पुराना आनन्दका फलहरू राखेकी छु। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/songofsolomon/007.mp3
8
7