नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| हे राजकुमारकी छोरी, जुत्ता लाएका तिम्रा खुट्टा कति राम्रा छन्। एउटा निपुण कारीगरले रचेका जस्तै तिम्रा हिसी परेका खुट्टा रत्नझैँ छन्। |
| 2 |
| तिम्रो नाभि गोलो बटुकोजस्तै छ, जसमा मिसाएका दाखमद्यको अभाव कहिल्यै हुँदैन। तिम्रो पेट लिली फूलहरूले घेरिएको गहूँको राशिजस्तै छ। |
| 3 |
| तिम्रा स्तनहरू दुई पाठाहरूजस्तै छन्, हरिणका दुई जुम्ल्याहा पाठाहरूझैँ। |
| 4 |
| तिम्रो घाँटी हस्ती-हाड़को धरहराजस्तै छ, तिम्रा आँखा बाथ-रब्बीमका ढोकाको छेउमा रहेका हेश्बोनका पोखरीहरूजस्ता छन्। तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तै छ। |
| 5 |
| तिम्रो शिरले कर्मेल डाँड़ाजस्तै तिमीलाई मुकुट लगाइदिएको छ। तिम्रो शिरको केश राजकीय पर्दाझैँ छ। केश राशिले राजा मोहित छन्। |
| 6 |
| तिमी कति सुन्दरी र मनोहर छ्यौ, हे प्रिय, तिम्रो आनन्दमा! |
| 7 |
| तिम्रो शरीरको कद खजूरको रूखजस्तै, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन्। |
| 8 |
| मैले भनें, “म खजूरको रूखमा चढ्नेछु, र यसका फल समात्नेछु।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै, तिम्रो सासको बास्ना स्याउको सुगन्धझैँ, |
| 9 |
| र तिम्रो मुख उत्तम दाखमद्यजस्तै होऊन्। ओठ र दाँतबाट भएर बिस्तारै बग्दै दाखमद्य सीधै मेरा प्रेमीकहाँ पुगोस्। |
| 10 |
| म मेरा प्रेमीकी हुँ, र उहाँको तृष्णा मेरै निम्ति छ। |
| 11 |
| आउनुहोस्, मेरा प्रेमी, खेतबारी हुँदो डुल्न जाऔं, र राती गाउँतिर वास बसौं। |
| 12 |
| हामी बिहानै दाखबारीमा जाऔं, दाखमा कोपिला लागेर फक्रेका छन् कि, र दारिमहरूका फूल लागेछन् कि हेरौं— त्यहाँ म तपाईंलाई मेरो प्रेम दिनेछु। |
| 13 |
| दूधे-फूलहरूले आफ्नो बास्ना फैलाइरहेका छन्, सबै किसिमका स्वादिला फलहरू हाम्रै ढोकामा छन्, नयाँ र पुराना फलहरू, जो मैले तपाईंको निम्ति साँचिराखेकी छु, हे मेरा प्रेमी। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/songofsolomon/007.mp3
8
7