सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| कूशका नदीहरूपारि एउटा देश छ, जहाँ पखेटा चालेको सोर सुनिन्छ। |
| 2 |
| त्यस देशबाट मालिङ्गोले बनेका नाउँमा राजदूतहरू नील नदीको मार्ग भएर आउँछन्। हे फूर्तिला समाचारवाहक हो, फर्केर जाओ! नदीले भाग-भाग गरी छुट्ट्याएको तिम्रो देश जहाँ सारा संसारले डर मानेको बलियो र पराक्रमी जाति, अग्ला र चिल्ला शरीर भएका मानिसहरू बस्छन्, तिनीहरूलाई एउटा समाचार लगेर जाओ। |
| 3 |
| हे पृथ्वीका बासिन्दाहरू हो! सुन, पर्वतका टुप्पामा एउटा चिन्हको झन्डालाई हेर! तुरही फुकेको सोर सुन! |
| 4 |
| परमप्रभुले मलाई भन्नुभयो, “कटनीको समयको न्यानो रातमा चुपचाप शीत झरेझैँ र दिउँसोको गर्मीमा झल्लमल्ल घाम लागेझैँ म स्वर्गबाट तल हेर्नेछु। |
| 5 |
| दाख टिप्नुअघि फूल झरेर दाख पाक्न लागेको बेला हुरीले दाखका हाँगा सजिलै काटेझैँ शत्रुले कूशीहरूलाई नाश पार्नेछन्। |
| 6 |
| तिनीहरूका लाश चरा र जङ्गली जनावरहरूको अगाडि खुल्ला छाडिनेछन्। गर्मीका दिन चराहरूले ती लाश खानेछन् र ठन्डाका दिनमा पशुहरूले खानेछन्।” |
| 7 |
| त्यो समय आउँदै छ, जब सर्वशक्तिमान् परमप्रभुले नदीले भाग-भाग पारेको यो देश यो बलियो र पराक्रमी राष्ट्र, यी अग्ला र चिल्ला शरीर भएका मानिसहरू, जसको डर सारा संसारले मान्दछ, ती जातिहरूबाट भेटी लिनुहुनेछ। तिनीहरू सर्वशक्तिमान् परमप्रभुको आराधना गरिने सियोन पर्वतमा आउनेछन्। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/isaiah/018.mp3
66
18