त्यस दिन परमप्रभुले आफ्नो डरलाग्दो, शक्तिशाली र ठूलो तरवारले त्यो सुल्कने सर्प, लिव्यातन्, त्यो गुँडुली बस्ने सर्पलाई दण्ड दिनुहुनेछ। उहाँले समुद्रको विशाल अजिङ्गरलाई मार्नुहुनेछ।
तपाईंले त्यससित झगड़ा तथा त्यसलाई देश निर्वासन गरेर त्यससित युद्ध गर्नुहुन्छ। पूर्वीय बतास चलेको दिनमा जस्तै उहाँले त्यसलाई भयङ्कर वायुको झोक्काले उड़ाइदिनुहुन्छ।
यसैद्वारा याकूबको अधर्मको प्रायश्चित गरिनेछ, र त्यसको पाप दूर गरिएको सारा फल यही हुनेछ। जब त्यसले वेदीका सबै ढुङ्गाहरू खरी-ढुँगाझैँ चकनाचूर पार्छ, तब अशेरा देवीका खम्बा र धूप बाल्ने वेदीहरू फेरि खड़ा हुनेछैनन्।
सुरक्षित सहर निर्जन भयो, निर्जन र त्यागिएका वासस्थान उजाड़ भूमिझैँ भयो। त्यहाँ बाछाहरू चर्छन्, त्यहाँ तिनीहरूले विश्राम गर्छन्, र तिनीहरूले त्यसका हाँगाहरू लुछेर नाङ्गै बनाउँछन्।
जब त्यसका ससाना हाँगाहरू सुक्छन्, तब ती भाँचिन्छन् र स्त्रीहरू आएर ती आगोमा जलाउँछन्। किनकि समझै नभएको यो एक जाति हो। यसैकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूमाथि टिठ्याउनुहुन्न र तिनीहरूका सृष्टिकर्ताले तिनीहरूमाथि निगाह गर्नुहुन्न।