त्यो समय आउनेछ, जब एक गोत्रका मानिसहरूले आफ्नै बीचबाट एउटालाई चुनेर यसो भन्नेछन्: “तिमीसित लाउने लुगा त छ, यो कष्टको समयमा तिमी हाम्रो अगुवा भइदेऊ।”
तर त्यसले यस्तो जवाफ दिनेछ, “म त हुन्न है! म तिमीहरूलाई केही सहायता गर्न सक्दिनँ। मसित लुगाफाटा वा खानेकुरा केही छैन। तिमीहरूले मलाई आफ्नो अगुवा नबनाओ!”
साँच्चै हो, यरूशलेम सर्वनाश हुनेछ। यहूदा खतम हुँदै छ। तिनीहरूले भनेका र गरेका सबै कुरा परमप्रभुको विरुद्धमा छन्। खुल्लमखुल्ला तिनीहरूले परमेश्वरको अपमान गर्छन्।
तिनीहरूको पक्षपात तिनीहरूको विरुद्धमा खडा हुनेछ। सदोमवासीहरूले जस्तै तिनीहरूले खुलस्त पाप गर्छन्। तिनीहरूको विनाश अवश्य नै हुनेछ र तिनीहरू आफैंले आफूमाथि विनाश ल्याएका हुन्।
ठिटाहरूले मेरा प्रजाहरूलाई अत्याचार गर्छन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन्। हे मेरा प्रजा, तिम्रा अगुवाहरूले तिमीहरूलाई कुबाटोतिर लैजाँदै छन् र तिमीहरू बाटोमा अलमलिएका छौ।
त्यो दिन आउँदै छ, जब परमप्रभुले यरूशलेमका स्त्रीहरूबाट ती सबै गहनाहरू खोस्नुहुनेछ, जसमा तिनीहरू घमण्ड गर्छन्, जस्तै: खुट्टाका कल्ली, शिरका शिरबन्दी, गलाका हार