हाम्रा शत्रुहरू नाश हुनेछन्! तिनीहरूले डाँका मारेका र धोका दिएका छन् तर तिनीहरूलाई भने कसैले त्यसो गरेका छैनन्। तर तिनीहरूको डाँका मार्ने र धोका दिने बेला बितिसक्यो र तिनीहरूमाथि पो डकैती र धोकाबाजी हुनेछ।
र देशलाई स्थिर बनाउनुहुनेछ। उहाँले सधैँ आफ्ना प्रजालाई रक्षा गर्नुहुन्छ र तिनीहरूलाई ज्ञान र बुद्धि दिनुहुन्छ। परमप्रभुसितको सम्मान नै तिनीहरूको सबैभन्दा ठूलो धन हो।
सियोनका पापी मानिसहरू डरले कामिरहेका छन्। तिनीहरू भन्छन्, “परमेश्वरको न्याय सदासर्वदा जलिरहने आगोझैँ छ। के हामी कोही यस्तो आगोबाट बाँच्न सक्छौं?”
यदि तिमीहरूले ठीक कुरा बोल्यौ भने र ठीक काम गर्यौ भने तिमीहरू बाँच्नेछौ। तिमीहरूको बल गरीबलाई ठग्नलाई नचलाओ र घुस नखाओ। हत्या वा अन्य दुष्कर्म गर्नेहरूसित नलाग।
[22-23] ती जहाजका पाल टाँग्ने सर-सामान व्यर्थ छन्। शत्रुका सेनाका सारा धन-सम्पत्ति हामी कब्जा गर्नेछौं र ती यति धेरै हुनेछन् कि लङ्गडाले पनि आफ्नो बन्डा पाउन सक्छ। परमप्रभु आफैं हाम्रा राजा हुनुहुनेछ। उहाँले हामीमाथि शासन गर्नुहुनेछ र रक्षा गर्नुहुनेछ।