सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| उजाड-भूमिमा फूलहरू फुल्छन्, मरुभूमि रमाउनेछ। |
| 2 |
| मरुभूमि हर्षले गीत गाउँदै चिच्च्याउनेछ, त्यो लेबनानका पर्वतहरूझैँ सुन्दर र कर्मेल र शारोनका मैदानझैँ मलिलो हुनेछ। सबैले परमप्रभुको वैभव देख्नेछन्। उहाँका शक्ति र महान्ता देख्नेछन्। |
| 3 |
| थाकेका हातहरू बलिया बनाओ। थरथरी काम्ने कमजोर घुँडाहरू दह्रिला बनाओ। |
| 4 |
| हतास भएकाहरूलाई यसो भन, “बलियो होओ र नडराओ! परमेश्वर तिम्रो उद्धार गर्न आउँदै हुनुहुन्छ, तिम्रा शत्रुहरूलाई दण्ड दिन आउँदै हुनुहुन्छ।” |
| 5 |
| अन्धाका आँखा खोलिनेछन्, बहिराका कान खोलिनेछन्। |
| 6 |
| लङ्गडाहरू मृगझैँ उफ्रनेछन् र नाच्नेछन्। गुँगाहरू आनन्दले चिच्च्याउनेछन्। मरुभूमिका बीचबाट खोलाहरू बग्नेछन्। |
| 7 |
| जल्दो बालुवा ठूलो पोखरी बन्नेछ र ओबानो भूमि खोला-नालाले भरिनेछ। स्याल बस्ने गरेका ठाउँमा घाँस र कूश उम्रनेछन्। |
| 8 |
| त्यहाँ एउटा राजमार्ग हुनेछ, त्यसको नाम ‘पवित्र राजमार्ग’ राखिनेछ। कुनै पापी त्यहाँबाट कहिल्यै हिँड्न पाउनेछैन, त्यहाँबाट जानेलाई कुनै मूर्खले भुलाउन सक्नेछैन। |
| 9 |
| त्यहाँ सिंहहरू हुनेछैनन्, डरलाग्दा जनावर त्यहाँबाट जानेछैन। जसलाई परमप्रभुले उद्धार गर्नुभएको छ, तिनीहरू त्यस राजमार्गबाट घर जानेछन्। |
| 10 |
| तिनीहरू आनन्दसाथ यरूशलेम पुग्नेछन्, गीत गाउँदै, आनन्दले चिच्च्याउँदै, त्यहाँ पुग्नेछन्, सदासर्वदा तिनीहरू आनन्दित हुनेछन्, सदाकालको निम्ति शोक र सन्तापबाट मुक्त हुनेछन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/isaiah/035.mp3
66
35