सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| त्यही बेलातिर हिजकिया राजा बिरामी भए र झण्डै मरे। आमोजका छोरा यशैया अगमवक्ता तिनलाई हेर्न गए र भने, “ ‘तैँले सबै कुराको बन्दोबस्त मिलाई राख् किनभने तँ निको हुनेछैनस्’ परमप्रभुले तपाईंलाई भन्नुहुन्छ। तपाईं मर्नुहुनेछ।” |
| 2 |
| हिजकियाले भित्तापट्टि फर्केर यस्तो प्रार्थना गरे, |
| 3 |
| “हे परमप्रभु, मैले विश्वासयोग्य र भक्तिसाथ तपाईंको सेवा गरेको छु अनि तपाईंले मबाट चाहेअनुसार काम मैले गरेको छु भनी याद गर्नुहोस्।” त्यसपछि उनी धुरुधुरु रोए। |
| 4 |
| [4-5] तब परमप्रभुले यशैयालाई हिजकियाकहाँ फर्केर गई यसो भन्न आज्ञा गर्नुभयो, “म परमप्रभु तेरो पुर्खा दाऊदका परमेश्वरले तेरो बिन्ती सुनेको छु र तेरो आँसु देखेको छु। म तँलाई अझै पन्ध्र वर्ष जिउन दिनेछु। |
| 5 |
| 6 |
| तँलाई र यो यरूशलेम सहरलाई म अश्शूरका महाराजाका हातबाट बचाउनेछु र म यस सहरको रक्षा गरिरहनेछु।” |
| 7 |
| यशैयाले उत्तर दिए, “परमेश्वरले आफ्नो प्रतिज्ञा राख्नुहुनेछ भन्ने प्रमाण स्वरूप तपाईंलाई एउटा चिन्ह दिनुहुनेछ। |
| 8 |
| आहाज राजाले बनाएको भर्याङमा परमप्रभुले छाया दश कदम पछि सर्न लाउनुहुन्छ।” |
| 9 |
| अनि छाया दश कदम पछि सर्यो, बिरामीबाट निको भएपछि हिजकियाले यो प्रशंसाको भजन लेखे: |
| 10 |
| मैले त सोचेथें, मेरो जीवनको उत्तम समयमै म मृत-लोकमा जानेछु र मेरो प्राण अबउप्रान्त बाँच्नेछैन। |
| 11 |
| मैले त सोचेथें, यस जीवितहरूको देशमा मैले परमप्रभुलाई फेरि देख्नेछैनँ वा जीवित मानिसहरूलाई फेरि हेर्न पाउनेछैनँ। |
| 12 |
| पाल उठाएझैँ, कपडा तानबाट काटेझैँ मेरो जीवन काटियो र त्यसको अन्त भयो। मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ। |
| 13 |
| सिंहले मेरा हाडहरू भाँचेझैँ पीडाले रातभरि म रोएँ। मैले सोचेथें, परमेश्वरले मेरो जीवन अन्त गराउँदै हुनुहुन्छ। |
| 14 |
| मेरो सोर मधुरो र दुर्बल थियो, म ढुकुरझैँ विलाप गर्दथें, आकाशतिर हेर्दा-हेर्दा मेरा आँखा थाकिसके, हे परमप्रभु, यी सबै कष्टबाट मेरो उद्धार गर्नुहोस्। |
| 15 |
| म के भन्न सक्छु र? परमप्रभुले त्यसो गर्नुभयो, मेरो हृदयको तीतोपनाले गर्दा मलाई निद्रा लाग्दैन। |
| 16 |
| हे प्रभु, म तपाईंको निम्ति जिउनेछु, तपाईंको निम्ति मात्र जिउनेछु, मलाई निको पार्नुहोस् र बाँच्न दिनुहोस्। |
| 17 |
| मेरो तीतोपना शान्तिमा परिणत हुनेछ, तपाईंले मेरो प्राणलाई सबै खतराबाट बचाउनुहुन्छ र मेरा सबै पाप क्षमा गर्नुहुन्छ। |
| 18 |
| पातालमा कसैले तपाईंको प्रशंसा गर्न सक्दैन, मरेकाहरू तपाईंको विश्वासयोग्यतामा भरोसा गर्न सक्दैनन्। |
| 19 |
| जिउँदाहरूले तपाईंको प्रशंसा गर्छन्, जसरी म अहिले तपाईंको प्रशंसा गर्दछु। “तपाईं कति विश्वासयोग्य हुनुहुन्छ,” भनी बुबाहरूले आफ्ना बाल-बालिकाहरूलाई बताउँछन्। |
| 20 |
| हे परमप्रभु, तपाईंले मलाई निको पार्नुभएको छ। हामी वीणा बजाउँछौं र तपाईंको प्रशंसा गाउनेछौं, आफ्नो जीवनभरि तपाईंको मन्दिरमा प्रशंसा गाउनेछौं। |
| 21 |
| यशैयाले राजालाई उनको पीलोमा नेभाराको लेप बनाएर लाउनुपर्छ र उनी निको हुनेछन् भनेका थिए। |
| 22 |
| तब हिजकिया राजाले सोधेका थिए र “मन्दिरमा जान सकेको छु भन्ने कुराको प्रमाण कुन कुराले दिनेछ?” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/isaiah/038.mp3
66
38