सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| त्यही बेलातिर बेबिलोनियाका राजा बलदानका छोरा मरोदक-बलदानले हिजकिया राजा बिरामी छन् भनी सुने, तिनलाई एउटा पत्र र कोसेली पठाए। |
| 2 |
| हिजकियाले ती ल्याउने दूतहरूलाई स्वागत गरे र तिनीहरूलाई आफ्ना धन-सम्पत्ति, सुन-चाँदी, मसला, सुगन्धित तेल र सबै सैनिक हतियारहरू देखाए। उनका महल र राज्यका कुना-कुनामा भएका कुनै कुरा पनि हिजकियाले नदेखाई छोडेनन्। |
| 3 |
| त्यसपछि यशैया अगमवक्ताले हिजकिया राजाकहाँ गएर सोधे, “यी दूतहरू कहाँबाट आएका हुन् र तिनीहरूले तपाईंलाई के भने?” हिजकियाले उत्तर दिए, “तिनीहरू टाढाको देश बेबिलोनियाबाट आएका हुन्।” |
| 4 |
| “महलमा तिनीहरूले के हेरे?” अगमवक्ताले सोधे, “तिनीहरूले सबै थोक हेरे। मैले तिनीहरूलाई नदेखाएको केही कुरा राजभण्डारमा छैन,” राजाले जवाफ दिए। |
| 5 |
| [5-6] यशैयाले राजालाई भने, “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ कि ‘यस्तो समय आउँदै छ, जब तपाईंको महलमा भएका र आजसम्म तपाईंका पिता-पुर्खाले भण्डारमा जम्मा गरेका हरेक वस्तु बेबिलोनियामा लगिनेछन्। केही कुरा छोडिनेछैन। |
| 6 |
| 7 |
| तपाईंका आफ्नै सन्तानहरू कोही-कोही लगिनेछन् र बेबिलोनियाका राजाको राजमहलमा सेवा गर्नको निम्ति नपुंसक बनाइनेछन्’।” |
| 8 |
| त्यसको अर्थ हिजकिया राजाले आफ्नो जीवनकालमा चाहिँ शान्ति र सुरक्षा रहनेरहेछ भनी बुझे र उनले यस्तो जवाफ दिए, “तिमीले मलाई परमप्रभुको तर्फबाट दिएको सन्देश असल छ।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/isaiah/039.mp3
66
39