नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियाकहाँ चिट्ठी र सौगातका साथमा राजदूतहरू पठाए। उनले तिनी बिरामी भएर फेरि निको भएका छन् भन्ने सुनेका थिए। |
| 2 |
| हिजकियाले ती राजदूतहरूलाई सहर्ष स्वागत गरे, र उनीहरूलाई आफ्नो भण्डारका सुन, चाँदी, मसलाहरू, सुगन्धित तेलहरू, आफ्ना सारा हतियार-गृह र आफ्नो कोषमा भएका सबै सामानहरू देखाइदिए। आफ्नो महल र आफ्नो राज्यमा तिनले उनीहरूलाई नदेखाएको कुनै पनि थोक थिएन। |
| 3 |
| तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आएर भने, “ती मानिसहरूले के भने, र उनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “उनीहरू टाढ़ा देश बेबिलोनबाट मकहाँ आएका थिए।” |
| 4 |
| अगमवक्ताले सोधे, “उनीहरूले तपाईंको दरबारमा के-के देखे?” हिजकियाले भने, “उनीहरूले मेरो दरबारमा भएका सारा चीजहरू देखे। मेरो भण्डारमा मैले उनीहरूलाई नदेखाएको कुरा केही छैन।” |
| 5 |
| तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्: |
| 6 |
| त्यो समय निश्चय नै आउनेछ, जब तेरो दरबारमा भएका तेरा पुर्खाहरूले आजको दिनसम्म सञ्चय गरेका सबै थोक बेबिलोनमा लगिनेछन्, केही पनि छोड़िनेछैन, परमप्रभु भन्नुहुन्छ। |
| 7 |
| तेरा कतिपय सन्तान, जन्मिएका तेरा रगत र मासु त्यहाँ कैदमा लगिनेछन्, र तिनीहरू बेबिलोनका राजाको महलमा नपुंसक बन्नेछन्।” |
| 8 |
| हिजकियाले जवाफ दिए, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असलै छ।” किनकि तिनले विचार गरे, “मेरो जीवनकालभरि त शान्ति र सुरक्षा हुनेछ।” |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/isaiah/039.mp3
66
39