परमप्रभु यसो भन्नुहुन्छ, “मैले त्यसलाई त्यागेपछि दिएको तेरी आमाको त्यागपत्र कहाँ छ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्यागिएकी हो।
म त्यहाँ आउँदा किन कोही मानिस थिएन? मैले बोलाउँदा मलाई जवाफ दिने किन त्यहाँ कोही थिएन? के मेरो हात तिमीहरूलाई छुटाउन नसक्ने गरी छोटो भएको थियो? के तिमीहरूको उद्धार गर्नलाई मसित शक्तिको अभाव छ? मेरो मामूली हप्काइले समुद्रलाई म सुकाउँछु। नदीहरूलाई मरुभूमि पारिदिन्छु। पानीको कमीले गर्दा त्यहाँका माछाहरू सड्छन् र तिर्खाले मर्छन्।
थाकेकोलाई सम्हाल्ने वचन जान्न सकून् भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ। सिक्नेलाई झैँ ध्यानसित सुन्न उहाँले मेरो कान खोलिदिनुहुन्छ।
म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्तै स्थिर पारेको छु, र म जान्दछु, कि म लाजमा पर्नेछैनँ।
परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। त्यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्। कीराले तिनीहरूलाई खाइहाल्नेछन्।
तिमीहरूमध्ये कसले परमप्रभुको डर मान्छ र उहाँको दासका कुरा पालन गर्छ? ज्योतिविना अन्धकारमा हिँड्नेले परमप्रभुको नाउँमा भरोसा गरोस् र आफ्ना परमेश्वरमा भर परोस्।
तर अब तिमीहरू सबै जसले आगो बाल्छौ र जलिरहेको राँको लिन्छौ, तिमीहरू जाओ, तिमीहरूका आगोको र तिमीहरूले सल्काएका राँकाको प्रकाशमा हिँड़। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ: तिमीहरू यातना भोग्नेछौ।