तिनीहरूले दिनहुँ मेरो आराधना गर्छन्। मेरो मार्ग जान्न र मेरा व्यवस्था पालन गर्न उत्सुक छौ भनी तिनीहरूले देखाइटोपल्छन्। तिनीहरूले मसित ठीक न्याय चाहन्छन्, परमेश्वर तिनीहरूको नजिक आऊन् भन्ने तिनीहरू इच्छा देखाउँछन्।”
मानिसहरू प्रश्न गर्छन्, “परमप्रभुले देख्नुहुन्न भने हामी किन उपवास बस्नु? उहाँले हामीतिर नजर राख्नुहुन्न भने किन हामीले खान छोड्ने?” परमप्रभु तिनीहरूलाई भन्नुहुन्छ, “साँचो कुरा यो हो कि तिमीहरूले उपवास राखेकै बेला तिमीहरूले आफ्ना स्वार्थ सिद्ध गर्छौ र आफ्ना कामदारहरूलाई थिचो-मिचो गर्छौ।
जब तिमीहरू उपवास बस्छौ, तिमीहरूले आफैंलाई दु:ख दिन्छौ, निगालोलेझैँ तिमीहरूले आफ्ना शिर निहुराउँछौ र शरीरलाई खरानी घसेर भाङ्ग्रा ओढाउँछौ? के त्यसैलाई उपवास भन्छौ? के त्यसैले मलाई खुसी पार्छ भनी सम्झन्छौ?
अनि म सदा तिमीहरूको अगुवाइ गर्नेछु र असल कुराले तृप्त गराउनेछु। म तिमीहरूलाई स्वस्थ र तन्दुरुस्त राख्नेछु। पुग्दो पानी पाएको बगैँचाझैँ, कहिले नसुक्ने फोहोराझैँ तिमीहरू हुनेछौ।
तिम्रा मानिसहरूले धेरै दिनदेखि ध्वस्त भएका ठाउँ फेरि बनाउनेछन्; पुरानो जगमाथि नै फेरि बनाउनेछन्। तिमीहरूलाई पर्खाल फेरि बनाउने अनि भत्केका घरहरू बनाउने जाति हो भनी चिन्नेछन्।”
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले विश्राम-दिनलाई पवित्र राख्यौ र त्यस दिन आफ्ना स्वार्थका कुराको खोजी गरेनौ भने, मेरो पवित्र दिनको कदर गर्यौ र त्यस दिन यात्रा र काम गर्न वा बेकामको कुरा गर्न छोडी त्यस दिनलाई आदर गर्यौ भने
ममा आनन्द पाउनेछौ, म तिमीहरूलाई सारा संसारमा इज्जत दिनेछु र मैले तिमीहरूका पुर्खा याकूबलाई दिएको देशमा तिमीहरूले आनन्द गर्नेछौ। म परमप्रभुले यो भनेको छु।”