सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमप्रभुले मलाई भन्नुभयो, “गएर एउटा सुती पटुका किन् र त्यो कम्मरमा बाँध तर त्यसलाई पानीमा भिज्न नदे।” |
| 2 |
| यसकारण मैले सुती पटुका किनें र कम्मरमा बाँधें। |
| 3 |
| तब परमप्रभु मसित फेरि बोल्नुभयो र यसो भन्नुभयो, |
| 4 |
| “यूफ्रेटिस नदीमा गएर तेरा कम्मरको सुती पटुका चट्टानको बीच एउटा प्वालमा लुकाइराख्।” |
| 5 |
| तब गएर यूफ्रेटिस नदीछेउ मैले त्यो पटुका लुकाएँ। |
| 6 |
| केही समयपछि मलाई परमप्रभुले फेरि यूफ्रेटिस नदीमा गई त्यो सुती पटुका उठाई ल्याउने आज्ञा गर्नुभयो। |
| 7 |
| यसकारण म त्यहाँ फर्केर गएँ र पटुका लुकाइराखेको ठाउँमा हेर्दा त त्यो मक्किएको र कामै नलाग्ने भएको पाएँ। |
| 8 |
| तब परमप्रभु मसित फेरि बोल्नुभयो। उहाँले भन्नुभयो, |
| 9 |
| “म यसरी नै यहूदाको घमण्ड र यरूशलेमको ठूलो सेखी झारिदिनेछु। |
| 10 |
| यी दुष्ट मानिसहरूले मेरा आज्ञापालन गर्न इन्कार गरेका छन्। तिनीहरू सधैँभरि ढिट र दुष्ट रहेका छन् अनि विराना देवताहरूको पूजा र सेवा गरेका छन्। यसकारण अब तिनीहरू यो पटुकाजस्तै काम नलाग्ने हुनेछन्। |
| 11 |
| जसरी यो पटुका कम्मरमा टम्म कसिएर रहन्छ, त्यसरी नै इस्राएल र यहूदाका सबै मानिसहरू मसित मिलेर टाँसिरहून् र मेरो निजी प्रजा होऊन् अनि तिनीहरूबाट मेरो नामको प्रशंसा र आदर होस् भन्ने मेरो इच्छा थियो तर तिनीहरूले मेरो आज्ञा मानेनन्।” |
| 12 |
| परमप्रभु परमेश्वरले मलाई भन्नुभयो, “ए यर्मिया, इस्राएलका मानिसहरूलाई भन् कि दाखमद्यको प्रत्येक सुराही दाखमद्यले भरिनैपर्छ। तिनीहरूले तँलाई यसरी जवाफ दिनेछन्, ‘प्रत्येक दाखमद्यको सुराही दाखमद्यले भरिनुपर्छ भन्ने हामी जान्दछौं’। |
| 13 |
| त्यसपछि तिनीहरूलाई भन् कि यस देशका सबै मानिसहरूलाई दाऊदका सन्तानबाट राज्य गर्ने राजाहरू, पूजाहारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दाहरूलाई समेत म दाखमद्यले बेसरी मताइदिनेछु। |
| 14 |
| अनि त्यसपछि म तिनीहरूलाई बुढा-पाका र युवाहरू सबैलाई एकनास गरी आपसमा एउटालाई अर्कोसित जुधाएर मारिछोड्नेछु। कुनै दया, करुणा वा कृपाका कारणले म आफ्नो हात थाम्नेछैनँ।” |
| 15 |
| हे इस्राएलका मानिसहरू हो, नम्र भएर प्रभुको वचन सुन, परमप्रभु बोल्नुभएको छ। |
| 16 |
| उहाँले अन्धकार ल्याउनु, सामुन्नेका पहाडहरूमा तिमीहरूलाई ठेस लाग्न लाउनु र तिमीहरूले आशा गरेको ज्योतिलाई उहाँले अन्धकारमा बदली गर्नुअघि नै परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। |
| 17 |
| तर तिमीहरूले यी मेरा कुरा सुनेनौ भने तिमीहरूका घमण्डका कारणले म गुप्तमा रुनेछु। म धुरुधुरु रुनेछु र मेरा आँखाबाट आँसुका धारा बग्नेछन् किनभने परमप्रभुका प्रजा कैदमा लगिएका छन्। |
| 18 |
| परमप्रभुले मलाई भन्नुभयो, “राजा र राजमातालाई भन् कि तिनीहरू आफ्ना सिंहासनबाट उत्री आऊन् किनभने तिनीहरूका सुन्दर मुकुटहरू शिरबाट खसेका छन्। |
| 19 |
| यहूदाका दक्षिणी सहरहरू घेरामा परेका छन्, कोही तीभित्र जान सक्दैन। यहूदाका सबै मानिसहरू कैद गरी देशबाहिर लगिएका छन्।” |
| 20 |
| हे यरूशलेम, हेर्, तेरा शत्रुहरू उत्तरबाट आइरहेका छन्। तेरा जिम्मामा दिएको सुन्दर बगाल, जसमा तँ गर्व गर्थिस्, खोइ त्यो कहाँ छ? |
| 21 |
| तैँले आफ्ना मित्र सम्झेका मानिसहरू तँमाथि विजयी भई राज्य गर्न लाग्दा तैँले के भन्नेछस्? बच्चा जन्माउन लागेकी स्त्रीलाई सुत्केरी पीडा परेझैँ तँलाई पर्नेछ। |
| 22 |
| यस्तो कुरा किन तँमाथि आइपर्यो, किन तेरो फरिया च्यातियो र तेरो बलात्कार भयो भनी सोध्छस् भने यी कुराहरू तेरो घोर पापको कारणले भएको हो। |
| 23 |
| के कालो मानिसले आफ्नो छालाको रङ्ग बदल्न सक्छ? अथवा के चितुवाले आफ्ना छालाको थोप्ला बदल्न सक्छ? त्यसो भएता तिमीहरू, जसले दुष्ट्याइँ सिकेका छौ, भलाइ गर्न सक्नेथ्यौ। |
| 24 |
| मरुभूमिको बतासले भुस उडाएझैँ परमप्रभुले तिमीहरूलाई छरपष्ट पार्नुहुनेछ। |
| 25 |
| तेरो भाग्य यस्तै हुन्छ भनी उहाँले ठहराउनुभएको छ। उहाँले तँसित यस्तै गर्न निर्णय गर्नुभएको छ किनभने तैँले उहाँलाई बिर्सेको छस् र झूटा देवताहरूमाथि भरोसा राखेको छस्। |
| 26 |
| परमप्रभु आफैंले तेरा वस्त्र उतारिदिनुहुनेछ र तँलाई लाज लाग्नेछ। |
| 27 |
| उहाँले घृणा गरेका कुरा तैँले गर्दैगरेको उहाँले नै देख्नुभएको छ। तैँले डाँडा र मैदानतिर गरेको घिनलाग्दा कामहरू, तेरा व्यभिचार र वेश्यासँगको सम्बन्ध उहाँले देख्नुभएको छ। हे यरूशलेमका बासिन्दाहरू हो, तिमीहरू अवश्य नै विनाश हुनेछौ, तिमीहरू कहिले शुद्ध होऔला? |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/jeremiah/013.mp3
52
13