बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका अधिकारीहरू, कारीगरहरू र निपुण कलाकारहरूलाई यरूशलेमबाट निर्वासन गरेर बेबिलोनमा लगेपछि परमप्रभुका मन्दिरको सामुन्ने अञ्जीरका दुई डाला राखिएका परमप्रभुले मलाई देखाउनुभयो।
तब परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तँ के देख्तछस्?” मैले जवाफ दिएँ, “अञ्जीरहरू, राम्राहरूचाहिँ साह्रै राम्रा, र नराम्राहरू यति नराम्रा कि ती खान लायकका पनि छैनन्।”
तिनीहरूका भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई बनाइराख्नेछु, म तिनीहरूलाई भत्काउनेछैनँ। म तिनीहरूलाई रोप्नेछु र तिनीहरूलाई उखेल्नेछैनँ।
म नै परमप्रभु हुँ भनी चिन्ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु, किनभने तिनीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्कनेछन्।
“‘तर,’ परमप्रभु भन्नुहुन्छ, ‘ती खानै पनि नहुने जस्ता एकदमै नराम्रा अञ्जीरहरूलाई झैँ यहूदाको राजा सिदकियाह, त्यसका अधिकारीहरू र यरूशलेमका बचेकाहरूसँग म व्यवहार गर्नेछु, चाहे तिनीहरू यही देशमा वा मिश्रमा बसुन्।