तब अधिकारीहरूले राजालाई भने, “यस मानिसलाई मार्नैपर्छ, किनभने यसले यस्ता कुरा गरेर यस सहरमा बाँकी रहेका सिपाहीहरू र मानिसहरूलाई समेत निरुत्साहित पार्दैछ। यस मानिसले यी मानिसहरूको भलो होइन तर तिनीहरूको हानि चाहन्छ।”
यसैले तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको पानीको इनार, जो गारदको चोकमा थियो, त्यसमा डोरीले सुर्काएर हालिदिए। यस इनारमा पानी थिएन तर हिलो मात्र थियो। अनि यर्मिया त्यस हिलोमा भासिए।
तब राजाले कूशी एबेद-मेलेकलाई यसो भनेर हुकुम गरे, “यहाँबाट तीस जना मानिसहरू साथमा लगेर तिनी त्यहाँ मर्न अघि नै यर्मिया अगमवक्तालाई त्यस इनारबाट निकाल।”
यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लगेर राजमहलको भण्डारमुनिको एउटा कोठामा गए, र त्यहाँबाट पुराना थोत्रा फाटेका लुगाहरू झिके, र तिनले इनारमा यर्मियाको लागि डोरीहरूले बाँधेर ती झारिदिए।
तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।”
यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्न? मैले तपाईंलाई सल्लाह दिएँ भने पनि तपाईंले त्यो सुन्नुहुन्न।”
तर सिदकियाह राजाले गुप्तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्यान लिन खोज्ने मानिसहरूका हातमा तिमीलाई सुम्पनेछु।”
तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्पिदिइस् भने तेरो प्राण बाँच्नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्नेछस्।
तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्पिदिइनस् भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्कनेछैनस्’।”
तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्।”
तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्याइनेछन्। तपाईं आफै पनि उनीहरूका हातबाट उम्कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।”
यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ, र राजाले तिमीलाई के भन्नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन् भने,
सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन।