सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| [1-2] परमप्रभु मसित बोल्नुभयो र भन्नुभयो, “इस्राएलमा मानिसहरूलाई घरीघरी दोहोर्याएर भन्ने गरेको यो उखान के हो? ‘अमिलो अङ्गुर बुबाहरूले खाने, छोरा-छोरीको दाँत कुँडिने।’ |
| 2 |
| 3 |
| “म सार्वभौम परमप्रभु जीवित परमेश्वर छु भन्ने स्वयम् साक्षी राखी भन्दछु, यो उखान इस्राएलमा फेरि कहिल्यै दोहोर्याइनेछैन। |
| 4 |
| आमा-बुबा, छोरा-छोरी सबैको प्राण मेरै हातमा छ। जुन प्राणीले पाप गर्छ, त्यही मर्नेछ। |
| 5 |
| “मानिलिऊँ एक जना धर्मी, इमानदार र असल मानिस छ। |
| 6 |
| त्यसले इस्राएलीहरूका देवताहरू पुज्दैन र मनाही गरेका पूजा-स्थलमा चढाएको प्रसाद खाँदैन, अर्काकी स्वास्नी भ्रष्ट पार्दैन वा मासिक धर्म भएकी स्त्रीकहाँ जाँदैन। |
| 7 |
| त्यसले कसैको अत्याचार गर्दैन र लुट्दैन। त्योसित बन्धकी राखेर सापटी लिएको कुरा त्यसले फर्काइदिनेछ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ। |
| 8 |
| त्यसले ब्याजमा ऋण दिंदैन। त्यसले खराबी गर्न इन्कार गर्छ र मुद्दामा उचित फैसला दिन्छ। |
| 9 |
| त्यस्तो मानिसले मेरो आज्ञा मान्दछ र मेरा नियमहरू होशियारसाथ पालन गर्दछ। त्यो धर्मी हो र त्यो निश्चय बाँच्नेछ।” सार्वभौम परमप्रभु यसो भन्नुहुन्छ। |
| 10 |
| [10-11] “मानिलिऊँ त्यस मानिसको एउटा छोरो छ र त्यसले चोरी र हत्या गर्छ र बुबाचाहिँ ले कहिल्यै नगरेका नराम्रा कामहरू गर्छ। मनाही गरेका पूजास्थलमा चढाएको प्रसाद खान्छ र अर्काकी स्वास्नीलाई भ्रष्ट पार्छ। |
| 11 |
| 12 |
| त्यसले गरीबलाई अत्याचार गर्छ, लुट्छ, त्योसित सापटी लिनेले बन्धकी राखेको कुरो फर्काउँदैन। त्यो मूर्तिपूजा गर्ने पूजास्थलमा जान्छ, घिनलाग्दा मूर्तिहरू पुज्छ, |
| 13 |
| ब्याजमा ऋण दिन्छ। के त्यो बाँच्छ? अँहँ, त्यो बाँच्नेछैन। त्यसले ती सबै घिनलाग्दा कामहरू गरेको हुनाले त्यो मर्नेछ। त्यसको मृत्युको लागि त्यो आफैं दोषी छ। |
| 14 |
| “अब मानिलिऊँ छोरोचाहिँ को पनि एउटा छोरो जन्म्यो। त्यसले बुबाले गरेका सबै पाप देख्छ र पनि बुबाको चालमा चल्दैन। |
| 15 |
| त्यसले इस्राएलीहरूका मूर्तिहरू पुज्दैन र मनाही गरेका पूजास्थलमा चढाएका प्रसाद खाँदैन र अर्काकी स्वास्नी भ्रष्ट पार्दैन। |
| 16 |
| त्यसले कसैमाथि अत्याचार गर्दैन, कसैको लुट्दैन र आफूबाट सापटी लिनेले बन्धकी राखेको कुरो फर्काइदिन्छ, भोकालाई खुवाउँछ र नाङ्गालाई लुगा दिन्छ। |
| 17 |
| त्यसले खराबी गर्न इन्कार गर्छ, ब्याजमा ऋण दिंदैन। मेरो आज्ञापालन गर्छ र मेरा नियमहरू मान्दछ। त्यसका बुबाको पापको कारणले गर्दा त्यो मर्नेछैन तर त्यो निश्चय बाँच्नेछ। |
| 18 |
| तर त्यसको बुबाले भने सधैँ ठग्यो र चोरी गर्यो अनि सबैलाई खराबी गर्यो। त्यसकारण त्यसको बुबाचाहिँ आफ्नो पापले गर्दा मर्नेछ। |
| 19 |
| “तर तँ प्रश्न गर्दछस्, ‘बुबाचाहिँ को पापले गर्दा छोरोले किन कष्ट नभोग्ने?’ त्यसको उत्तर यो हो: छोरोले ठीक र असल मात्र गर्यो। त्यसले मेरा सबै नियमहरू मान्यो र होशियारसित पालन गर्यो भने त्यो निश्चय बाँच्नेछ। |
| 20 |
| जसले पाप गर्छ, त्यही मर्छ। बुबाका पापले गर्दा छोरोले कष्ट भोग्नेछैन न त छोरोको पापले बुबालाई पिराउँछ, भलो मानिसलाई उसको भलाइले नै असल इनाम दिन्छ र दुष्ट मानिसलाई त्यसको खराबीले नै पिराउँछ। |
| 21 |
| “कुनै दुष्ट मानिसले पाप गर्न छोडेर मेरो नियम मान्न थाल्यो र जे असल र उचित छ, त्यो गर्न थाल्यो भने त्यो मर्नेछैन। त्यो निश्चय बाँच्नेछ। |
| 22 |
| त्यसका सबै पाप क्षमा हुनेछ र त्यो बाँच्नेछ किनभने त्यसले जे उचित छ, त्यही गरेको छ। |
| 23 |
| एउटा दुष्ट मानिस मर्दा म रमाउँछु र?” यसरी सार्वभौम परमप्रभु सोध्नुहुन्छ, “होइन, म त त्यसले पश्चात्ताप गरी बाँचेको हेर्न चाहन्छु। |
| 24 |
| “तर यदि एउटा धर्मी मानिसले भलाइ गर्न छोड्यो, सबै खराबी गर्न थाल्यो र दुष्ट मानिसले गर्ने घिनलाग्दा कामहरू गर्न थाल्यो भने के त्यसले बाँचिरहन पाउला र? अँहँ, त्यसो हुन्न, त्यसले गरेका कुनै पनि असल कामको सम्झना गरिनेछैन। त्यसको अविश्वास र पापको कारणले त्यो मर्नेछ। |
| 25 |
| “तर तँ भन्लास्, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ ए इस्राएलीहरू हो, मेरो कुरा सुन, के मेरो काम ठीक छैन भन्ठान्छौ? तिमीहरूको काम पो ठीक छैन। |
| 26 |
| जब एउटा धर्मी मानिसले भलाइ गर्न छोडेर पाप गर्न थाल्छ, त्यो मर्नेछ, त्यो आफूले गरेको पापले गर्दा मर्नेछ। |
| 27 |
| जब एउटा दुष्ट मानिसले पापबाट फर्केर ठीक र उचित काम गर्दछ, त्यसले आफ्नो प्राण बचाउँनेछ। |
| 28 |
| आफूले पाप गरेको चाल पाएर पापबाट फर्कन्छ, त्यो निश्चय मर्नेछैन तर बाँचिरहनेछ। |
| 29 |
| तर तिमी इस्राएलीहरूचाहिँ भन्दछौ, ‘प्रभुले जे गर्नुहुन्छ, त्यो उचित छैन।’ मेरो काम ठीक छैन भन्ठान्छौ, होइन? तर तिमीहरूको काम पो ठीक छैन। |
| 30 |
| “अब म सार्वभौम परमप्रभु तिमी इस्राएलीहरूलाई भन्दै छु कि म तिमीहरू हरेकलाई तिम्रा कामअनुसार न्याय गर्नेछु। तिमीहरूले गरिरहेका दुष्ट कामहरूबाट फर्केर आओ नत्र तिमीहरू आफ्ना पापमा नाश हुनेछौ। |
| 31 |
| ए इस्राएलीहरू हो, किन तिमीहरू नाश हुन चाहन्छौ? आफूले गरिरहेका खराबीहरू छोड अनि नयाँ मन र नयाँ हृदय लेओ। |
| 32 |
| कोही नाश भएको म चाहन्नँ,” सार्वभौम परमप्रभु भन्नुहुन्छ, “आफ्ना पापबाट फर्क र बाँच।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/ezekiel/018.mp3
48
18