सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| मैले यी सबै देखें। तब म भूइँमा घोप्टो परें र यसो भनेको आवाज सुनें, [1] “ए मरणशील मानिस, खडा हो, म तँसित कुरा गर्न चाहन्छु।” |
| 2 |
| यसरी भनिरहेको बेला परमेश्वरको आत्मा मभित्र पस्नुभयो, मलाई मेरा खुट्टामा उभ्याउनुभयो र उहाँले यो वचन भन्नुभयो, |
| 3 |
| “ए मरणशील मानिस, म तँलाई इस्राएली जातिकहाँ पठाउँदै छु। तिनीहरू विद्रोह गरी मेरो विरुद्धमा उठेका छन् र तिनीहरूका पिता-पुर्खाझैँ बागी भएका छन्। |
| 4 |
| तिनीहरू हठी छन् र मलाई आदर गर्दैनन्। यसकारण म सार्वभौम परमप्रभु तिनीहरूलाई के भन्दछु, त्यो बताउन तँलाई तिनीहरूकहाँ पठाउँदै छु। |
| 5 |
| ती विद्रोहीहरूले तेरो कुरा सुने पनि वा नसुने पनि तिनीहरूले आफ्ना माझमा एउटा अगमवक्ता आइपुगेछन् भनी जान्नेछन्। |
| 6 |
| “तर, ए मरणशील मानिस, तँ तिनीहरूसित वा तिनीहरूका कुरासित नडरा। तिनीहरूले तेरो विरोध गर्नेछन्, तँलाई हेला गर्नेछन्। तँलाई बिच्छीहरूका बीचमा बास गरेझैँ हुनेछ। तापनि ती बागीहरू अथवा तिनीहरूले भनेका कुरासित नडरा। |
| 7 |
| जे म तँलाई आज्ञा गर्छु, त्यही तिनीहरूलाई सुना। चाहे तिनीहरूले सुनुन् वा नसुनुन् किनभने तिनीहरू बागी छन्। |
| 8 |
| “ए मरणशील मानिस, म तँलाई जे भन्दछु, त्यो सुन्। तँ तिनीहरूजस्तो बागी नहो। तेरो मुख खोल् र म जे तँलाई दिन्छु, त्यो खा।” |
| 9 |
| तब मैले एउटा हात मतिर पसारिएको देखें, हातमा एउटा बेह्रिएको कागजको मुट्ठो थियो। |
| 10 |
| हातले कागजको मुट्ठो खोल्यो र त्यसका दुवैपट्टि केही लेखिएको मैले देखें। त्यहाँ शोकको रुवाइ, बिलौना र पीडाका कुरा लेखिएका थिए। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/ezekiel/002.mp3
48
2