नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| उहाँले मलाई भन्नुभयो, “हे मानिसको छोरो, खड़ा हो, र म तँसित कुरा गर्नेछु।” |
| 2 |
| जब उहाँ मसित बोल्नुभयो, तब उहाँका आत्मा मकहाँ आएर मलाई उभ्याउनुभयो। अनि उहाँले मसित कुरा गर्नुभएको मैले सुनें। |
| 3 |
| उहाँले भन्नुभयो, “हे मानिसको छोरो, म तँलाई इस्राएली जातिकहाँ पठाउँदैछु, एउटा बागी जातिकहाँ, जो मेरो विरुद्धमा बागी भएको छ। तिनीहरू र तिनीहरूका पिता-पुर्खाहरू पनि आजको दिनसम्मै मेरो विरुद्धमा बागी भएका छन्। |
| 4 |
| ती मानिसहरू, जसकहाँ म तँलाई पठाउँदैछु, तिनीहरू निर्लज्ज र अटेरी भएका छन्। तैंले तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ’। |
| 5 |
| अनि तिनीहरूले सुनून् अथवा सुन्नलाई अस्वीकार गरून्— किनकि तिनीहरू बागी घरानाका हुन्— तिनीहरूले आफ्ना बीचमा एक जना अगमवक्ता त रहेछन् भन्ने कुरा जान्नेछन्। |
| 6 |
| अनि तँचाहिँ हे मानिसको छोरो, तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा। तेरा चारैतिर सिउँड़ी र काँढ़ा भए, अथवा तँ बिच्छीहरूका बीचमा बसे तापनि तँ नडरा। तिनीहरूले जे भने पनि नडरा, अथवा तिनीहरूदेखि भयभीत नहो, यद्यपि तिनीहरू त बागी सन्तान हुन्। |
| 7 |
| तैंले तिनीहरूसित मेरो वचन बोल्, चाहे तिनीहरूले सुनून् चाहे नसुनून् किनभने तिनीहरू बागी हुन्। |
| 8 |
| तर तैंलेचाहिँ, हे मानिसको छोरो, म तँलाई जे भन्छु, त्यो कुरा ध्यानसित सुन्। त्यो बागी घरानाझैँ तँ बागी नहो। तेरो मुख खोल्, र म जे दिन्छु, त्यो खा।” |
| 9 |
| तब मैले हेरें, र एउटा हात मतिर पसारेको मैले देखें। त्यसमा एउटा मुट्ठो थियो, |
| 10 |
| जो उहाँले मेरै सामु खोलेर फिँजाइदिनुभयो। त्यसका अगाड़ि र पछाड़ि दुवैतिर शोक र विलाप र विपत्तिका कुरा लेखिएका थिए। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/ezekiel/002.mp3
48
2