यसकारण उनले आफ्नो राज्यका ज्योतिषी, जादूगर, मन्त्र-तन्त्र गर्नेहरू र टुना-मुना जान्नेहरूलाई बोलाए र सपनाको अर्थ खोल्ने आज्ञा दिए। तिनीहरू आए र राजाका सामुन्ने खडा भए।
राजाले तिनीहरूलाई भने, “मैले पक्का निर्णय गरिसकेको छु कि तिमीहरूले नै मलाई सपना र त्यसको अर्थ दुवै बताउनुपर्नेछ। तिमीहरूले बताउन सकेनौ भने म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र तिमीहरूका घरबारहरू भत्काएर रास लाउनेछु।
तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ दुवै बताउन सक्यौ भनेचाहिँ म तिमीहरूलाई इनाम दिनेछु र सम्मानित तुल्याउनेछु। तिमीहरूले अब मलाई बताओ कि सपना के थियो र त्यसको अर्थ के हो।”
[8-9] तब राजाले जवाफ दिए, “मैले सोचेकै जस्तै हुँदै छ, तिमीहरूले कुरा टारेर समय लिने चेष्टा गर्दै छौ किनभने सपनाको अर्थ बताएनौ भने मैले तिमीहरू सबैलाई एकै प्रकारको दण्ड दिने निश्चय गरेको छु भनी तिमीहरूले देखिसकेका छौ। तिमीहरूले आपसमा मलाई झूटो भनिरहने मतो गरेका छौ किनभने त्यसो गर्नाले समयमा कुरा फेरिनेछ भन्ने आशा गरेका छौ। सपना के थियो, मलाई बताओ। तब म जान्नेछु कि तिमीहरूले त्यसको अर्थ पनि मलाई बताउन सक्नेछौ।”
ती सल्लाहकारहरूले जवाफ दिए, “महाराजाले जे जान्न चाहनुहुन्छ, त्यो बताउने यस धर्तीमा कुनै मानिस छैन। कुनै महान्भन्दा महान् र सर्वशक्तिमान् राजाले पनि आफ्ना ज्योतिषीहरू, जादूगरहरू र टुना-मुना जान्नेहरूबाट यस्तो कुरो कहिल्यै मागेका थिएनन्।
बेबिलोनका अरू सल्लाहकारका साथ हामीहरू मर्नुनपरोस् भनी स्वर्गका परमेश्वरलाई दया गरी त्यो सपनाको रहस्य हामीहरूलाई खोलिदिऊन् भनेर प्रार्थना गरौं भनी उनले साथीहरूलाई भने।
उहाँले गहिरा-गहिरा कुरा र रहस्यका कुराहरू प्रकट गर्नुहुन्छ; उहाँले नै अन्धकारमा के कुरा लुकेको छ भनी जान्नुहुन्छ र उहाँ आफैं नै ज्योतिले पूर्ण हुनुहुन्छ।
हे मेरा पिता-पुर्खाहरूका परमेश्वर, म तपाईंलाई प्रशंसा गर्छु, म तपाईंलाई आदर दिन्छु, तपाईंले नै मलाई बल र बुद्धि दिनुभएको छ। तपाईंले मलाई प्रार्थनाको उत्तर दिनुभएको छ र तपाईंले राजाहरूलाई भन्नुपर्ने कुरा हामीलाई प्रकट गर्नुभएको छ।”
तब दानिएल अर्योककहाँ गए, उनलाई राजाका सल्लाहकारहरूलाई मार्ने आज्ञा राजाले दिएका थिए। दानिएलले तिनलाई भने, “तिनीहरूलाई नमार्नुहोस्। मलाई राजाकहाँ लैजानुहोस् र म उनको सपनाको अर्थ बताइदिनेछु।”
अर्योकले तुरुन्तै दानिएललाई राजा नबूकदनेसरका अघि हाजिर गरे र भने, “महाराज मैले एक जना यहूदी कैदीलाई भेटेको छु, जसले हजुरको सपनाको अर्थ हजुरलाई बताउन सक्छ।”
तर स्वर्गमा एक परमेश्वर हुनुहुन्छ, जसले रहस्यका अर्थहरू खोलिदिनुहुन्छ। उहाँले नै भविष्यमा के हुनेछ, त्यो महाराजालाई बताइदिनुभएको हो। अब म हजुरलाई त्यो सपना अथवा हजुरले सुतेका बेलामा देख्नुभएको दर्शन के थियो, सो बताउनेछु।
यो रहस्य अब मलाई स्पष्ट भएको छ। म अरूभन्दा बढ्ता बुद्धिमान् भएकोले होइन; तर महाराजाले आफ्नो सपनाको अर्थ जान्नुहोस् र आफ्ना मनका सोच-विचार बुझ्नुहोस् भनी यो रहस्य मलाई खोलिदिनुभएको छ।
हजुरले हेरिरहनुहुँदा पहराबाट एउटा ठूलो ढुङ्गा मानिसले नछोई आफैं फुटेर आयो र मूर्तिको फलाम र माटोले बनेका खुट्टामा लाग्यो र त्यसले ती चकनाचुर पारिदियो।
तुरुन्तै फलाम, माटो, काँसा, चाँदी र सुन जम्मै चकनाचुर भए र ती ग्रीष्मकालमा खलामा उडेको भुसझैँ धुलैधुलो भए। ती धूला बतासले उडाएर लग्यो र त्यसका नाम-निशानै रहेन। तर त्यो मूर्तिलाई लागेको ढुङ्गाचाहिँ बढ्दै गएर एउटा पहाड बनियो र त्यसले सारा पृथ्वी ढाक्यो।
हजुरपछि अर्को एउटा साम्राज्य हुनेछ तर त्यो हजुर जति महान् हुनेछैन र त्यसपछि अर्को तेस्रो काँसाको साम्राज्य हुनेछ, जसले सारा पृथ्वीमाथि शासन गर्नेछ।
त्यसपछि एउटा चौथो राज्य फलामजस्तै बलियो हुनेछ र त्यसले सबै कुरा तोडेर चुर-चुर पारिदिनेछ। जसरी फलामले सबै थोक चुर-चुर पार्दछ त्यसरी नै त्यसले अघिका सबै साम्राज्यहरूलाई चुर पारी छरपष्ट पार्नेछ।
हजुरले खुट्टा र त्यसका औँलाहरू केही फलाम र केही माटा मिलेर बनेका पनि देख्नुभयो। त्यसको अर्थ यो हो कि त्यो एउटा टुक्रा-टुक्रा भएको साम्राज्य हुनेछ। त्यसमा केही मात्रामा फलामको बल रहनेछ किनभने दर्शनमा फलाम माटोसित मिसिएको थियो।
हजुरले फलाम माटोसित मिसिएको पनि देख्नुभयो। त्यसको अर्थ हो, त्यस साम्राज्यका शासकहरूले जाति-जातिका मानिसहरूलाई एक बनाउन आपसमा बिहेबारी गरिदिनेछन्। तर तिनीहरू एक हुन सक्दैनन्, जसरी फलाम माटोसित मिल्न सक्दैन।
ती शासकहरूका समयमा स्वर्गका परमेश्वरले एउटा कहिल्यै अन्त्य नहुने राज्य स्थापित गर्नुहुनेछ। त्यो राज्य कहिल्यै अरू जातिको हातमा जानेछैन; तर अरू राज्यहरूलाई पो त्यसले पूरा नष्ट गर्नेछ र त्यो राज्य आफैंचाहिँ सदाकाल रहिरहनेछ।
हजुरले देख्नुभयो कि कसरी पहराबाट एउटा ढुङ्गा मानिसले नछोई फुटेर आई त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनले बनेका मूर्तिलाई तोडेको थियो। सर्वमान्य परमेश्वरले भविष्यमा के हुनेछ, त्यो हजुरलाई देखाउँदै हुनुहुन्छ। हजुरले जस्तो सपना देख्नुभयो मैले त्यस्तै वर्णन गरिदिएँ र त्यसको सही अर्थ खोलिदिएँ।”
राजाले भने, “तिम्रा परमेश्वर सबै ईश्वरहरूभन्दा महान्, राजाहरूका पनि मालिक र रहस्य खोलिदिनुहुने परमेश्वर हुनुहुँदोरहेछ। म यो कुरो जान्दछु किनभने तिमीले यस रहस्यको अर्थ बताउन सक्यौ।”
त्यसपछि तिनले दानिएललाई एउटा उच्च दर्जा दिए, धेरै बहुमूल्य उपहारहरू दिए, बेबिलोन प्रदेशका शासक नियुक्त गरे र राजाका सबै सल्लाहकारहरूका प्रधान बनाए।