नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरतिर फर्केर आओ। तिम्रा पापहरू नै तिम्रो पतनका कारण हुन्। |
| 2 |
| वचनहरू लिएर परमप्रभुतिर फर्क। उहाँलाई भन, “हाम्रा सबै पापहरू क्षमा गर्नुहोस्, र अनुग्रहपूर्वक हामीलाई ग्रहण गर्नुहोस्, र हामी आफ्ना ओठको फल चढ़ाउन सकौं। |
| 3 |
| अश्शूरले हामीलाई बचाउन सक्दैन। हामी युद्धका घोड़ाहरूमाथि सवार हुनेछैनौं। हामी फेरि कहिल्यै आफ्नै हातले बनाएका थोकलाई ‘हाम्रा देवताहरू’ भनी भन्नेछैनौं, किनकि टुहुराहरूले तपाईंबाट कृपा पाउँदछन्।” |
| 4 |
| “तिनीहरू मबाट तर्किगएकामा म तिनीहरूलाई क्षमा गर्नेछु। म तिनीहरूलाई सित्तैँमा प्रेम देखाउनेछु, किनकि मेरो रीस तिनीहरूदेखि फर्केको छ। |
| 5 |
| म इस्राएलको निम्ति शीतझैँ हुनेछु। त्यो लिली फूलझैँ फुल्नेछ। लेबनानको देवदारुझैँ त्यसका जरा गड्नेछन्। |
| 6 |
| त्यसका भर्खरै पलाएका मुनाहरू बढ्नेछन्। त्यसको प्रताप जैतूनको रूखझैँ हुनेछ। त्यसको बास्ना लेबनानको देवदारुझैँ हुनेछ। |
| 7 |
| मानिसहरू फेरि त्यसको छहारीमा बस्नेछन्। मकैझैँ त्यो लहलह बढ्नेछ र दाखको बोटझैँ त्यो फुल्नेछ, र त्यसको ख्याति लेबनानको दाखमद्यजस्तै हुनेछ। |
| 8 |
| हे एफ्राइम, मूर्तिहरूसित मेरो के काम? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु। म एउटा हरियो सल्लोको रूखझैँ छु। मबाटै तँ फलवन्त हुनेछस्।” |
| 9 |
| को बुद्धिमान् छ? उसले यी कुराहरू याद गर्नेछ। को समझदार छ? त्यसले यी कुराहरू बुझ्नेछ। परमप्रभुका मार्ग ठीक छन्। धर्मी जन तिनैमा हिँड्छन्, तर बागीहरू तिनमा ठेस खान्छन्। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/hosea/014.mp3
14
14