नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| “आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। |
| 2 |
| दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं। |
| 3 |
| आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।” |
| 4 |
| “ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्तै र सखारैको बितिजाने शीतजस्तै छ। |
| 5 |
| यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्याय तिमीहरूमाथि बिजुलीजस्तै चम्किएको छ। |
| 6 |
| किनभने म बलिदान होइन, दया चाहन्छु, र होमबलिभन्दा परमेश्वरको मान्यता अझ बढ़ी चाहन्छु। |
| 7 |
| तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्। त्यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्वासघातको व्यवहार गरे। |
| 8 |
| गिलाद दुष्ट मानिसहरूको सहर हो। त्यो रगतका पाइलाहरूले भरिएको छ। |
| 9 |
| जसरी लूटपीट गरिहिँड्नेहरू मानिसलाई ढुकिबस्छन्, त्यसरी नै पूजाहारीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। तिनीहरूले निर्लज्ज अपराध गर्दछन्। |
| 10 |
| इस्राएलको घरानामा मैले एक घिनलाग्दो कुरो देखेको छु। एफ्राइमलाई वेश्यावृत्ति दिइएको छ र इस्राएल दूषित पारिएको छ। |
| 11 |
| ए यहूदा, तेरो निम्ति पनि कटनी तोकिएको छ।” |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/hosea/006.mp3
14
6