नेपाली समकालीन संस्करण 2021
|
| 1 |
| योनाले माछाको पेटभित्रबाट याहवेह आफ्ना परमेश्वरलाई प्रार्थना गरे। |
| 2 |
| तिनले यसरी याहवेहसँग प्रार्थना गरेर भने: “मेरो सङ्कष्टको समयमा मैले याहवेहलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो। मृतकहरूको गहिरो पातालबाट मैले सहायताको निम्ति पुकारेँ; अनि तपाईंले मेरो क्रन्दन सुन्नुभयो। |
| 3 |
| तपाईंले मलाई समुद्रको गहिराइमा फालिदिनुभयो, समुद्रको मुटुभित्र म डुबेँ; अनि पानीका छालहरूले मलाई घेरे; अनि तपाईंका पानीका छालहरू र लहरहरू ममाथि उर्लेर आए। |
| 4 |
| मैले भनेँ, ‘म तपाईंको दृष्टिबाट निकालिएको छु; तापनि म फेरि पनि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु।’ |
| 5 |
| डुबाउने पानीले मलाई भयभीत तुल्याए, र समुद्रको गहिराइले मलाई चारैतिर घेरेका थिए; समुद्रका झारहरू मेरो टाउकोमा बेह्रिएका थिए। |
| 6 |
| म डुबेर तल पर्वतहरूका फेदसम्मै पुगेँ; पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर पनि तपाईंले, हे याहवेह मेरा परमेश्वर, मेरो प्राणलाई खाल्डोबाट निकालेर ल्याउनुभयो। |
| 7 |
| “जब मेरो प्राण जानै लागेको थियो, हे याहवेह, मैले तपाईंलाई सम्झेँ; अनि मेरो प्रार्थना तपाईंकहाँ, तपाईंको पवित्र मन्दिरसम्म पुग्यो। |
| 8 |
| “जजसले व्यर्थका मूर्तिहरूमा भरोसा गर्छन्, तिनीहरू परमेश्वरको अचुक प्रेमबाट टाढा हुन्छन्। |
| 9 |
| तर म धन्यवादको स्तुतिसहित तपाईंलाई बलिदान चढाउनेछु। मैले जे भाकल गरेको छु, त्यो म पूरा गर्नेछु। म भन्नेछु, ‘उद्धार याहवेहबाट नै आउँछ।’ ” |
| 10 |
| अनि याहवेहले माछालाई आज्ञा दिनुभयो र त्यसले योनालाई सुक्खा जमिनमा उकेलिदियो। |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2021/jonah/002.mp3
4
2