नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| मलाई कस्तो कष्ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्ने समयमा ग्रीष्मऋतुको फल टिप्नेझैँ छु। खानलाई दाखको झुप्पा नै छैन, र मैले चाहेको पहिले पाक्ने अञ्जीर छैनन्। |
| 2 |
| भक्त मानिसहरू पृथ्वीदेखि नष्ट भएका छन्, कुनै सोझो मानिस बाँकी छैन। सबै मानिसहरू हत्या गर्न ढुकिबस्छन्। जाल थापेर हरेक आफ्नै दाजुभाइको शिकार गर्दछ। |
| 3 |
| खराब काम गर्न दुवै हात निपुण छन्। शासकले उपहार माग्दछन्। न्यायकर्ताले घूस लिन्छन्। शक्तिशालीहरूले जे चाह्यो त्यही हुकुम गर्छन्। तिनीहरू सबै एकसाथ युक्ति रच्तछन्। |
| 4 |
| तिनीहरूमध्येको सबैभन्दा असलचाहिँ काँढ़ाजस्तै छ, सबैभन्दा सोझोचाहिँ काँढ़ाको झाँगभन्दा खराब छ। तिमीहरूका पहरादारहरूको दिन आएको छ, अर्थात् त्यो दिन जब परमेश्वरले तिमीहरूलाई भेट गर्न आउनुहुन्छ। अब तिनीहरूलाई खलबलाउने समय भयो। |
| 5 |
| एउटा छिमेकीमाथि भरोसा नगर। एउटा मित्रमाथि विश्वास नगर। आफूसँगै अँगालो मारेर सुत्ने पत्नीसँग पनि होशियार गरेर बोल। |
| 6 |
| किनकि छोराले आफ्नो बुबाको अपमान गर्दछ, छोरी आफ्नी आमाको विरुद्धमा उठ्दछे, बुहारी आफ्नी सासूको विरुद्धमा। मानिसका दुश्मनहरू आफ्नै घरका मानिसहरू हुन्छन्। |
| 7 |
| तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। |
| 8 |
| हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्तुष्ट नहो। म लड़े तापनि उठिहाल्नेछु। म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ। |
| 9 |
| जबसम्म उहाँले मेरो वकालत गर्नुहुन्न, र मेरो हक पक्का गरिदिनुहुन्न, तबसम्म म परमप्रभुको क्रोध सहनेछु, किनभने मैले उहाँकै विरुद्धमा पाप गरेको छु। उहाँले मलाई निकालेर ज्योतिमा ल्याउनुहुनेछ, र म उहाँको धार्मिकता देख्नेछु। |
| 10 |
| तब मेरी शत्रुले, जसले मलाई भनेकी थिई, ‘तेरो परमेश्वर खोइ त?’ त्यसले त्यो देख्नेछे र लाजले भुतुक्क हुनेछे। मेरा आँखाले नै त्यसको पतन देख्नेछन्। अहिले पनि त्यो गल्लीको हिलोझैँ खुट्टामुनि कुल्चिनेछे। |
| 11 |
| तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्ना साँधसिमाना टाढ़ासम्म बढ़ाउने दिन आउनेछ। |
| 12 |
| त्यस दिन अश्शूरबाट र मिश्रका सहरहरूबाट, मिश्रदेखि लिएर यूफ्रेटिससम्मका र समुद्रदेखि लिएर समुद्रसम्मका र पर्वतदेखि लिएर पर्वतसम्मका मानिसहरू तिमीहरूकहाँ आउनेछन्। |
| 13 |
| तिनीहरूका कामको फलले गर्दा त्यसका बासिन्दाहरूको कारण पृथ्वी शून्य हुनेछ। |
| 14 |
| तपाईंका प्रजालाई तपाईंको लाठोले चराउनुहोस्, तपाईंका उत्तराधिकारको बगाललाई, जो स्वयम् मलिलो चरनमा र जङ्गलमा बस्तछन्। तिनीहरूलाई उहिलेका दिनमा झैँ बाशान र गिलादमा चरेर खान दिनुहोस्। |
| 15 |
| “तिमीहरू मिश्रदेखि निस्केर आएका दिनहरूझैँ म तिनीहरूलाई मेरा अचम्मका कामहरू देखाउनेछु।” |
| 16 |
| जाति-जातिहरूले देख्नेछन्, लज्जित हुनेछन्। तिनीहरूको सारा शक्ति नै खोसिनेछ। तिनीहरूले आफ्नो मुख हातले छोप्नेछन्, र तिनीहरूका कान बहिरा हुनेछन्। |
| 17 |
| तिनीहरूले साँपले झैँ, जमिनमा घस्रने जन्तुलेझैँ धूलो चाट्नेछन्। आफ्ना गुफाहरूबाट थरथर काम्दै तिनीहरू डरले आउनेछन्। परमप्रभु हाम्रा परमेश्वरकहाँ तिनीहरू भयमा आउनेछन् र तिमीहरूसित डराउनेछन्। |
| 18 |
| तपाईंजस्तो परमेश्वर को छ र, जसले पाप-क्षमा गर्नुहुन्छ, र आफ्नो निज उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध माफ गरिदिनुहुन्छ? तपाईं सधैँसम्म रीस गर्नुहुन्न, तर कृपा गर्नमा खुशी हुनुहुन्छ। |
| 19 |
| हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ। |
| 20 |
| तपाईं याकूबप्रति सत्य रहनुहुनेछ र अब्राहामलाई कृपा देखाउनुहुनेछ, जसरी धेरै अघि तपाईंले शपथ खाएर हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो। |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/micah/007.mp3
7
7