सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| परमप्रभुले मलाई अर्को एउटा दर्शन दिनुभयो। मैले महा-पूजाहारी यहोशू परमप्रभुको दूतको अगाडि उभिएका देखें। त्यहाँ यहोशूको छेउमा उनलाई दोष दिन शैतान उभिरहेको थियो। |
| 2 |
| परमप्रभुका दूतले शैतानलाई भने, “शैतान, तँलाई परमप्रभुले हप्काऊन्! यरूशलेमलाई चुन्नुहुने परमप्रभुले तँलाई सजाय देऊन्! यो मानिस त आगोबाट निकालिएको अगुल्टो मात्र होइन?” |
| 3 |
| यहोशू मैला लुगा लाएर उभिएका थिए। |
| 4 |
| स्वर्गदूतले तिनका सुसारेहरूलाई भने, “यस मानिसको मैलो लुगा फुकालिदेओ।” त्यसपछि उनले यहोशूलाई भने, “हेर, मैले तिम्रो पाप हटाइदिएको छु र म तिमीलाई बहुमूल्य लुगा लगाइदिनेछु।” |
| 5 |
| उनले सुसारेहरूलाई यहोशूको टाउकोमा सफा फेटा लाइदिने आज्ञा दिए। सुसारेहरूले त्यसै गरे र उनको जिउमा बहुमूल्य लुगा पनि लाइदिए। स्वर्गदूतचाहिँ त्यहीँ उभिरहेका थिए। |
| 6 |
| तब स्वर्गदूतले सर्वशक्तिमान् परमप्रभुका यी वचन यहोशूलाई सुनाए, |
| 7 |
| “यदि तैँले मेरा नियमहरू पालन गरिस् र मैले खटाएका कामहरू पूरा गरिस् भने, तैँले मेरो मन्दिर र त्यसका चोकहरूको हेरचाह गर्नेछस् र यहाँ उभिएकाहरूलाई झैँ मेरो सामु आउने अधिकार तँलाई दिनेछु। |
| 8 |
| हे महा-पूजाहारी यहोशू! तँ र तेरा सङ्गी पूजाहारीहरू सबैले यो कुरा सुन! तिमीहरू आउने असल दिनहरूका लक्षण हौ। हाँगा कहलाइने मेरो सेवकलाई म प्रकट गर्नेछु। |
| 9 |
| म यहोशूको अघि एउटा सातपाटे ढुङ्गा राख्नेछु। म त्यसमा केही अक्षर खोप्नेछु र एकै दिनमा यो देशको पाप हटाइदिनेछु। |
| 10 |
| त्यो दिन आएपछि तिमीहरू हरेकले आफ्ना छिमेकीलाई आफ्ना दाखबारी र नेभाराका बोटहरूबीच शान्ति-सुरक्षासाथ बस्न निम्तो दिनेछौ।” |
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/zechariah/003.mp3
14
3