कि सर्वशक्तिमान् परमप्रभुको भवनका पूजाहारीहरू र अगमवक्ताहरूलाई यसो भनेर सोधून्, “के अघि धेरै वर्षदेखि गर्दैआएझैँ पाँचौँ महिनामा मैले विलाप गर्नु र उपवास बस्नुपर्छ?”
“देशका सारा मानिसहरू र पूजाहारीहरूलाई यसो सोध्, ‘जब तिमीहरू यी सत्तरी वर्षसम्म पाँचौँ र सातौँ महिनामा उपवास बस्थ्यौ र विलाप गर्दथ्यौ, तब के त्यो उपवास मेरै निम्ति गर्दथ्यौ र?
जब यरूशलेम र त्यसका चारैतिरका नगरहरूमा स्थिरता र फलिफाप थियो र नेगेव तथा पश्चिमको तराई स्थिर भएका थिए, तब के अघिका अगमवक्ताहरूद्वारा घोषणा भएको परमप्रभुको वचन यही होइन र’?”
‘तिनीहरूलाई विदेशी भएर बसेका जाति-जातिहरूका बीचमा आँधीबेहरीले झैँ मैले तितरबितर पारें। तिनीहरूको देश निर्जन भयो, यतिसम्म कि त्यसमा कोही पनि आउन वा जान सकेन। यसरी तिनीहरूले त्यो सुन्दर देश उजाड़ पारे’।”