यस बेलासम्ममा परमेश्वरले इस्राएलका मानिसहरूलाई मैले आशिष् दिएको चाहनुहुन्छ भनी बालामले थाहा पाइसकेका थिए र यसपालि अघिको जस्तो तिनले साइत हेरिबसेनन्।
लामा खजुरका लहरहरूजस्ता वा नदीको किनारमा भएका बगैँचाहरूजस्ता, परमप्रभुबाट रोपिएका घ्यूकुमारीहरूजस्ता, पानीको किनारमा उम्रेका देवदारुका बोटहरूजस्ता सुन्दर छन्।
त्यहाँ प्रचुर पानी पर्दछ, तिनीहरूले वर्षाको पानी प्रशस्त पाउनेछन्। अनि तिनका बिउहरूले खेतमा प्रचुर मात्रामा पानी पाउनेछन्। तिनीहरूका राजा अगागभन्दा पनि महान् हुनेछन् र टाढा-टाढासम्म तिनको राज्य फैलेर जानेछ।
त्यो जाति बलियो सिंहजस्तो छ, त्यो सुतेको बेलामा कसैले त्यसलाई उठाउने आँट गर्दैन। जसले इस्राएललाई आशिष् दिन्छ, त्यो आशिष्मय हुनेछ र जसले इस्राएललाई सराप दिन्छ, त्यो आफैं श्रापित हुनेछ।”
कि तपाईंका राजमहलका सारा सुन र चाँदी मलाई दिनुभए तापनि म परमप्रभुको आज्ञा नमानी आफैं केही गर्न सक्दिनँ। म त्यति मात्र भन्दछु, जति परमप्रभुले मलाई भन्न लगाउनुहुन्छ।”
बालामले बालाकलाई भने, “अब म आफ्ना मानिसहरूकहाँ जाँदैछु तर जानुभन्दा अघि इस्राएलका मानिसहरूले भविष्यमा तपाईंका मानिसहरूलाई के गर्नेछन्, त्यसबारे चेतावनी दिँदछु।”
परमेश्वरले भन्नुभएको वचन जसले सुन्न सक्छ र सबैभन्दा उच्च परमेश्वरबाट आउने ज्ञान ग्रहण गर्दछ जसले भूइँमा पल्टेर खुल्ला आँखाले सर्वशक्तिमान् परमेश्वरको दर्शन देख्न सक्छ।
म भविष्यतिर हेर्दछु र इस्राएल जातिलाई देख्दछु। चम्किलो ताराजस्तो, एउटा राजा त्यस जातिमा उदाउनेछन्। लाम्पुच्छ्रे ताराझैँ इस्राएलबाट तिनी निस्कनेछन्। तिनले मोआबका अगुवाहरूलाई हिर्काउँनेछन् र शेतका सबै मानिसहरूलाई हराउनेछन्।