इस्राएलीहरूलाई आशिष् दिने परमप्रभुको इच्छा छ भन्ने जब बालामले देखे, तब तिनी अरू बेलाजस्तै टुनामुना गर्न गएनन्, तर तिनले आफ्नो मुख उजाड़-स्थानतिर फर्काए।
तिनका गाग्राहरूबाट पानी भरिएर पोखिनेछ, अनि तिनको बीउले प्रचुर पानी पाउनेछ। “तिनीहरूका राजा अगागभन्दा पनि महान् हुनेछन्, अनि तिनीहरूको राज्य समृद्ध बनाइनेछ।
तिनीहरू सिंहझैँ लेटिरहन्छन्, अनि सिंहनीझैँ— तिनीहरूलाई कसले उठाउने? “तिमीहरूलाई आशिष् दिने हरेक आशिषित होस्। तिमीहरूलाई सराप दिने हरेक श्रापित होस्।”
तब बालाकलाई बालामसित रीस उठ्यो। उनले जोडले आफ्ना हात ठटाएर बालामलाई भने, “मेरा शत्रुहरूलाई सराप दिनलाई मैले तपाईंलाई डाकेथें, तर हेर्नुहोस्, तपाईंले तीन पल्ट तिनीहरूलाई आशिष् दिनुभयो।
यसकारण अब तपाईं आफ्नो ठाउँमा फर्किहाल्नुहोस्। तपाईंलाई ठूलो सम्मान दिने मैले विचार गरेको थिएँ, तर परमप्रभुले तपाईंलाई सम्मान प्राप्त गर्नदेखि रोक्नुभएको छ।”
‘बालाकले मलाई सुन र चाँदीले भरिएको आफ्नो महल दिए पनि परमप्रभुको वचन नाघेर मेरो आफ्नो खुशीले असल वा खराब गर्न सक्दिनँ। परमप्रभुले मलाई जे भन्नुहुन्छ, त्यही म बोल्नेछु’।
परमेश्वरका वचन सुन्नेले यसो भन्छ, जसले सर्वोच्चको ज्ञान जान्नेको, जसले सर्वशक्तिमान्बाट दर्शन पाउँछ, जसले साष्टाङ्ग दण्डवत् गर्दछ, र जसका आँखा खोलिएका छन्।
“म उहाँलाई देख्छु, तर अहिले त होइन। म उहाँलाई हेर्छु, तर नजिकै त होइन। याकूबबाट एउटा तारा आउनेछ, र इस्राएलबाट एउटा राजदण्ड उदय हुनेछ। उहाँले मोआबका टाउको किच्च्याउनुहुनेछ, अनि शेथका सन्तानलाई ध्वंस पार्नुहुनेछ।