बदला लिन खोज्ने मर्नेको नातेदारबाट त्यो ज्यानमाराले आफूलाई त्यहाँ गई बचाउन सक्छ। सर्वसाधारणको अघि जाँचबुझ नभएसम्म त्यो ज्यानमारालाई प्राणदण्ड दिनुहुँदैन।
यी सहरहरू इस्राएलीहरू र तिनका बीचमा स्थायी वा अस्थायी रूपमा बस्ने विदेशीहरूको निम्ति शरणस्थल हुनेछन्। कसैलाई अन्जानमा हत्या गर्ने मानिस त्यहाँ कुनै ठाउँमा भागेर जान सक्छ।
वा घुस्साले हिर्काएर मार्यो भने त्यो ज्यानमारा हो र त्यसलाई प्राणदण्ड दिनुपर्छ। हत्यारालाई मार्ने जिम्मा मर्नेको नजिकको नातेदारले लिनुपर्छ। त्यसले जब हत्यारालाई भेट्टाउँछ, तब त्यसलाई मारोस्।
समुदायले त्यस किसिमको ज्यानमारालाई मर्नेको नातेदारदेखि बचाएर त्यही शरण लिने सहरमा चलान गर्नेछ, जहाँ त्यो अघि भागेर गएको थियो। त्यस बेला जो मुख्य पूजाहारी छ, तिनको मृत्यु नभएसम्म त्यो हत्यारा त्यस सहरमा बस्नेछ।
“हत्याको दोष लागेको मानिसलाई दुई वा दुईभन्दा बढ्ता गवाहीहरूका साक्षीमा मात्र दोषी ठहराउन सकिन्छ र प्राणदण्ड दिन ठीक ठहरिन्छ। एउटै गवाहीको साक्षीमा कसैलाई प्राणदण्ड दिनुहुँदैन।
तिमीहरूले यसरी आफू बसेका देशलाई अशुद्ध नपार। हत्याले देशलाई अशुद्ध पार्छ। हत्याराको मृत्युले बाहेक हत्या भएको देशलाई शुद्ध गर्ने विधि अर्को छँदैछैन।