आ-आफ्ना भेटीहरू हरेक मुखियाको निम्ति एउटा गोरु र दुई मुखियाको बीच एउटा गाडाको हिसाबले जम्मा बाह्र गोरु र ६ गाडाहरू परमप्रभुकहाँ ल्याए। ती भेटीहरू परमप्रभुकहाँ चढाएपछि
[84-88] वेदी अर्पण गर्नलाई ती बाह्र जना मुखियाहरूले ल्याएका जम्मा भेटी यस प्रकारका थिए: बाह्रवटा चाँदीका बटुको र बाह्रवटा चाँदीका भाँडाहरू, जसको जम्मा ओजन सत्ताईस किलो अनि ६ सय ग्राम थियो, धूपले भरिएका बाह्रवटा सुनका धुपौरा, जसको पूरा ओजन एक किलो तीन सय बीस ग्राम थियो, होमबलिको निम्ति बाह्रवटा साँढे, बाह्रवटा भेडा र बाह्रवटा एकवर्षे भेडाका थुमाहरू र तीसित चढाइने अन्नबलिका सामान, पापबलिको निम्ति बाह्रवटा बाख्राहरू, मेलबलिको निम्ति चौबीसवटा साँढे, साठीवटा भेडा र साठीवटा बाख्राहरू र साठीवटा एकवर्षे भेडाका थुमाहरू।
जब मोशा पवित्र पालमा परमप्रभुसित कुरा गर्नलाई गए, तिनले करारको सन्दुकको प्रायश्चितको ढकनामाथि भएका दुईवटा करूबहरूका बीचबाट परमप्रभु बोल्दै गर्नुभएको सुने।