सरल नेपाली पवित्र बाइबल 2008
|
| 1 |
| आफ्ना बाह्र जना चेलाहरूलाई यी कुरा भनिसकेपछि येशू नजिकैका गाउँहरूमा मानिसहरूलाई शिक्षा दिन र प्रचार गर्न जानुभयो। |
| 2 |
| बप्तिस्मा दिने यूहन्नाले झ्यालखानमा हुँदा येशूले गर्नुभएका कामहरूको बारेमा सुने। उनले आफ्ना केही चेलाहरूलाई येशूकहाँ सोध्न पठाए। |
| 3 |
| तिनीहरूले आएर येशूलाई यो सोधे, “हामीले आशा गरेका मुक्ति दिनुहुने राजा तपाईं नै हुनुहुन्छ कि हामीले अरू कसैको बाटो हेर्नुपर्ने हो?” |
| 4 |
| येशूले जवाफ दिनुभयो, “तिमीहरूले जेजे देख्दै छौ र सुन्दै छौ, गएर त्यही कुरा नै यूहन्नालाई भनिदेओ– |
| 5 |
| अन्धाहरूले देख्दै छन्, लङ्गडाहरू हिँड्दै छन्, कुष्टरोगीहरू शुद्ध हुँदै छन्, बहिराहरूले सुन्दै छन्, मरेकाहरू फेरि बिउँतदै छन् र दु:खी-गरीबहरूले सुसमाचार सुन्न पाउँदै छन्। |
| 6 |
| मेरो बारेमा शङ्का नगर्ने मानिस साँच्चै धन्यको हो।” |
| 7 |
| यूहन्नाका चेलाहरू गएपछि येशूले मानिसहरूलाई यूहन्नाको बारेमा भन्नुभयो, “तिमीहरू उजाड-स्थानमा के हेर्न गएका थियौ? के हावामा हल्लिरहेको निगालोलाई? |
| 8 |
| होइन भने के हेर्न गएका थियौ त? के राम्रा-राम्रा लुगा लगाएका मानिसलाई? राम्रा-राम्रा लुगा लगाउने मानिस त राजदरबारमा पो बस्छन्। |
| 9 |
| साँच्चै भन त तिमीहरू के हेर्न गएका थियौ? के कुनै अगमवक्तालाई? हो, साँच्चै भनूँ भने तिमीहरूले अगमवक्ताभन्दा पनि ठूलो एक जनालाई देखेका छौ |
| 10 |
| किनभने धर्मशास्त्रमा परमेश्वरले यूहन्नाकै बारेमा यसरी भन्नुभएको छ— ‘हेर, तिम्रो अघि म मेरो दूतलाई पठाउँदै छु अनि उनले तिम्रो बाटो तयार पार्नेछन्।’ |
| 11 |
| “साँच्चै म तिमीहरूलाई भन्छु, बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो मानिस जन्मेको छैन। तापनि परमेश्वरको राज्यमा जो सबैभन्दा सानो छ, ऊ यूहन्नाभन्दा पनि ठूलो हुन्छ। |
| 12 |
| बप्तिस्मा दिने यूहन्नाले प्रचार गरेदेखि अहिलेसम्म परमेश्वरको राज्य जोडले अघि बढिरहेको छ अनि विरोध गर्नेहरूले चाहिँ त्यसमाथि जबरजस्तीसँग जित्ने प्रयास गर्दै छन्। |
| 13 |
| बप्तिस्मा दिने यूहन्नाको पालोसम्म मोशाका व्यवस्था र सबै अगमवक्ताहरूले परमेश्वरको राज्यकै बारेमा बोलेका थिए। |
| 14 |
| तिनीहरूले भनेका कुरा विश्वास गर्छौ भने तिनीहरूले आउनेछन् भनेको एलियाचाहिँ यूहन्ना नै हुन्। |
| 15 |
| जसको कान छ त्यसले सुनोस्! |
| 16 |
| “हिजो-आजका मानिसहरूलाई म कोसँग तुलना गरूँ? तिनीहरू त बजारमा बसेर आफ्ना साथीहरूसँग यसरी कुरा गर्ने केटा-केटीहरूजस्ता छन्— |
| 17 |
| ‘हामीले तिमीहरूका लागि खुसीको बाजा बजाइदियौं तैपनि तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा पनि तिमीहरू रोएनौ।’ |
| 18 |
| “दाखमद्य नखाने र उपवास बस्ने यूहन्ना आए, उनलाई तिमीहरूले भूत चढेको मानिस भन्यौ। |
| 19 |
| अनि खाने-पिउने म मानव पुत्र पनि आएँ र मलाईचाहिँ ‘हेर, त्यो घिचुवा, जँड्याहा, कर उठाउने र पापीहरूको साथी’ भनेर दोष लगाउँदछौ। परमेश्वरको बुद्धिलाई त्यसका फलले नै ठीक ठहराउँछ।” |
| 20 |
| जुन सहरहरूमा येशूले धेरै अचम्मका काम गर्नुभएको थियो, ती सहरहरूका मानिसहरूले आ-आफ्ना पापलाई मानिलिएर छोडेका थिएनन्। त्यसकारण येशूले ती सहरहरूमाथि कडा बोलीमा यसरी भन्नुभयो— |
| 21 |
| “हे खोराजीन र बेथसेदाका मानिसहरू हो, धिक्कार तिमीहरूलाई! तिमीहरूका बीचमा गरिएका अचम्मका कामहरू टुरोस र सीदोन सहरमा गरिएका भए त्यहाँका मानिसहरूले अघि नै पश्चात्ताप गरेर पापलाई छोड्नेथिए अनि पश्चात्ताप गरेको देखाउन बोराका लुगा लगाएर खरानी घस्नेथिए। |
| 22 |
| म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूलाई भन्दा त परमेश्वरले टुरोस र सीदोनका मानिसहरूलाई नै बढी सहनुहुनेछ। |
| 23 |
| “हे कफर्नहुमका मानिसहरू हो, के तिमीहरू स्वर्ग पुगौंला भन्छौ? तिमीहरू त नरकमै पुग्नेछौ किनभने सदोममा पनि तिमीहरूलाई जस्तै अचम्मका कामहरू देखाएको भए सदोम सहर अहिलेसम्म पनि रहिरहने थियो। |
| 24 |
| म तिमीहरूलाई भन्छु, न्यायको दिनमा तिमीहरूको भन्दा त बरु सदोम सहरका मानिसहरूको दण्ड सहन सक्नेहुनेछ।” |
| 25 |
| त्यतिखेर येशूले भन्नुभयो, “हे परमेश्वर पिता स्वर्ग र पृथ्वीका मालिक, म तपाईंलाई धन्यवाद दिन्छु किनभने बुद्धिमान् र टाठा-बाठाहरूदेखि लुकाएर राख्नुभएका कुरा तपाईंले केही नजान्नेहरूलाई बुझाइदिनुभएको छ। |
| 26 |
| हो पिता, यसै गर्न तपाईंलाई मन लाग्यो। |
| 27 |
| “मेरा पिताले मलाई सबै कुरा जिम्मा दिनुभएको छ। पिताले बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्रले बाहेक पितालाई कसैले चिन्दैन। तर पुत्रले चिनाइदिएकाहरूले चाहिँ पितालाई चिन्दछन्। |
| 28 |
| “हे गह्रुङ्गो भारी बोकेर थाकेकाहरू हो, तिमीहरू सबै मकहाँ आओ, म तिमीहरूलाई आराम दिन्छु। |
| 29 |
| मेरो जुवा बोक र मबाट सिक किनभने म हृदयमा दयालु र नम्र छु अनि तिमीहरूले आफ्नो आत्मामा आराम पाउनेछौ। |
| 30 |
| हेर, मैले हालिदिने जुवा सजिलो र मैले बोकाइदिने भारी हलुको छ।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2008/matthew/011.mp3
28
11