नेपाली नयाँ संशोधित संस्करण (NNRV) 2012
|
| 1 |
| त्यसपछि येशू डुङ्गामा चढ़ेर पारि जानुभयो, र उहाँको आफ्नो सहरमा आउनुभयो। |
| 2 |
| मानिसहरूले खाटमा पस्रिरहेको एक जना पक्षाघातीलाई उहाँकहाँ ल्याए। येशूले तिनीहरूको विश्वास देखेर पक्षाघातीलाई भन्नुभयो, “छोरा, साहस गर। तिम्रा पाप क्षमा भए।” |
| 3 |
| शास्त्रीहरूमध्ये कतिले आपसमा भने, “यिनी परमेश्वरको निन्दा गर्दैछन्।” |
| 4 |
| येशूले तिनीहरूको विचार बुझेर भन्नुभयो, “तिमीहरू किन आफ्ना हृदयमा दुष्ट विचार गर्दछौ? |
| 5 |
| किनकि के भन्नु सजिलो छ, ‘तिम्रा पाप क्षमा भए’ भन्नु कि ‘उठ र हिँड़’ भन्नु? |
| 6 |
| तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान्न सक।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “उठ, तिम्रो खाट बोक, र घर जाऊ।” |
| 7 |
| अनि त्यो उठ्यो, र आफ्नो घरतिर लाग्यो। |
| 8 |
| जब भीड़ले यो देख्यो, तब तिनीहरू भयभीत भए, र मानिसहरूलाई यस्तो शक्ति दिनुहुने परमेश्वरको प्रशंसा गरे। |
| 9 |
| येशू त्यहाँबाट जानुहुँदा मत्ती भन्ने एक जना मानिसलाई कर उठाउने अड्डामा बसिरहेको देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।” अनि तिनी उठे र उहाँको पछि लागे। |
| 10 |
| उहाँ खान बस्नुभएको बेला, धेरै जना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खान बसे। |
| 11 |
| जब फरिसीहरूले त्यो देखे, तब उहाँका चेलाहरूलाई भने, “किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग खान्छन्?” |
| 12 |
| यो सुनेर उहाँले भन्नुभयो, “निरोगीहरूलाई वैद्यको आवश्यकता हुँदैन, तर रोगीहरूलाई हुन्छ। |
| 13 |
| तर गएर यसको अर्थ के हो तिमीहरू सिक: ‘म बलिदान होइन, दया चाहन्छु।’ किनकि म धर्मीलाई होइन, तर पापीहरूलाई बोलाउन आएँ।” |
| 14 |
| तब यूहन्नाका चेलाहरू उहाँकहाँ आए, र उहाँलाई सोधे, “किन हामीहरू र फरिसीहरू उपवास बस्तछौं, तर तपाईंका चेलाहरू उपवास बस्दैनन्?” |
| 15 |
| येशूले तिनीहरूलाई भन्नुभयो, “जबसम्म दुलहा जन्तीहरूसँग रहन्छन्, के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट लगिनेछन्। तब तिनीहरू उपवास बस्नेछन्। |
| 16 |
| “कसैले पुरानो वस्त्रमा नयाँ कपड़ाको टालो टाल्दैन। किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ, र वस्त्र झन् बढ़ी फाट्छ। |
| 17 |
| कसैले पुराना छालाको मशकमा नयाँ दाखमद्य राख्दैन, नत्रता मशक फुट्छ, र दाखमद्य पोखिन्छ, र मशक नष्ट हुन्छ। तर नयाँ दाखमद्य नयैँ छालाको मशकमा राखिन्छ, र दुवै जोगिन्छन्।” |
| 18 |
| जब उहाँले तिनीहरूलाई यी कुरा भन्दैहुनुहुन्थ्यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्डवत् गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्यो जीवित हुनेछे।” |
| 19 |
| येशू उठ्नुभयो र आफ्ना चेलाहरूसँग तिनको पछि लाग्नुभयो। |
| 20 |
| त्यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँका वस्त्रको किनार छोई। |
| 21 |
| किनकि त्यसले मनमनै सोचेकी थिई, “मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु।” |
| 22 |
| फनक्क फर्की हेर्दा येशूले त्यस स्त्रीलाई देख्नुभयो, र भन्नुभयो, “छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।” त्यो स्त्री त्यही घड़ी निको भई। |
| 23 |
| अनि जब येशू शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीड़ले खैलाबैला मचाइरहेका देख्नुभयो। |
| 24 |
| उहाँले तिनीहरूलाई भन्नुभयो, “बाहिर जाओ, किनकि ठिटी मरेकी छैन, तर सुतेकी छे।” तिनीहरूले उहाँको हाँसो गरे। |
| 25 |
| भीड़लाई बाहिर निकाल्नुभएपछि उहाँ भित्र पस्नुभयो, र त्यस ठिटीको हात समात्नुभयो, अनि त्यो ठिटी जुरुक्क उठी। |
| 26 |
| तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो। |
| 27 |
| येशू त्यहाँबाट जानुहुँदा दुई जना अन्धाहरू “हे दाऊदका पुत्र, हामीमाथि दया गर्नुहोस्” भनी कराउँदै उहाँको पछिपछि लागे। |
| 28 |
| उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु।” |
| 29 |
| तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस्।” |
| 30 |
| अनि तिनीहरूका आँखा खोलिए। येशूले यसो भनेर तिनीहरूलाई कड़ा आज्ञा दिनुभयो, “यो कुरो कसैले थाहा नपाओस्।” |
| 31 |
| तर तिनीहरू गए, र त्यस इलाकाभरि उहाँको कीर्ति फिँजाए। |
| 32 |
| जब उहाँहरू निस्केर जाँदैहुनुहुन्थ्यो, तब भूत लागेको एउटा गूँगो मानिस उहाँकहाँ ल्याइयो। |
| 33 |
| भूत निकालिएपछि त्यो गूँगो बोल्यो। अनि “इस्राएलमा कहिल्यै यस्तो देखिएन” भन्दै भीड छक्क पर्यो। |
| 34 |
| तर फरिसीहरू भन्न लागे, “भूतहरूका मालिकद्वारा त्यसले भूत निकाल्दछ।” |
| 35 |
| येशू समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो। |
| 36 |
| तर भीड़हरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालाविनाका भेड़ाहरूजस्तै हैरान र असहाय भएका थिए। |
| 37 |
| तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “फसल प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। |
| 38 |
| यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।” |
|
| नोटहरू बचत गर्नुहोस् |
https://beblia.bible:81/BibleAudio/nepali2012/matthew/009.mp3
28
9